arrow

अलैँची जोन कार्यक्रम संचालन भएपछि फालेलुङका कृषक उत्साहित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ पुष १५ शनिबार
alaichi.jpg

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका स्थित वडा नम्बर १ र २ तथा ६ र ७ मा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ अलैँची जोन कार्यक्रम संचालन भएपछि त्यस क्षेत्रका अलैँची कृषकहरु उत्साहित भएका छन् ।

सो कार्यक्रम संचालन भएपछि अहिले कृषकहरुले पहिलेको तुलनामा गुणस्तरीय अलैँची उत्पादन गर्न थालेका छन् भने उत्पाकत्वमा समेत वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत कमलेश तिवारीले वताए ।
 
फालेलुङको याङतारु अलैँची जोन संचालक समिती मार्फत त्यहाँ आवद्ध कृषक समूहरुलाई कार्यालयले आवश्यक कृषि सामाग्रीहरु प्रदान गर्ने गरेको छ ।  याङतारु अलैँची जोन संचालक समितीका ब्यवस्थापक टिका रिजालले भने,“पहिल्यै हामी परम्परागत प्रणालीबाट अलैँची खेती गर्ने गर्दथ्यौ,तर अहिले नयाँ प्रविधिमा आधारित अलैँची खेती गर्न थालेका छौ,हामी अत्यनै धेरै उत्साहित छौ ।” अहिले अलैचीको उत्पादन सँगै यो कार्यक्रम संचालन भएका कृषकले उत्पादन गरेको अलैँचीको भाउ समेत अन्य अलैँचीको तुलनाममा प्रति मन २ हजार रुपैया वढि रहेको उनले वताए ।

 अहिलेसम्म कार्यक्रम संचालन भएका ४ वडामा ५० वटा समूहका २ हजार वढि कृषकहरु लाभान्वित भएको उनले वताए । अहिलेसम्म त्यस वडाहरुमा कृषकहरुलाई आवश्यक हुने सामाग्रीहरु ल्गभग पाइप ५० हजार मिटर, २ वटा ट्रयाक्टर,धुवाँरहित सुधारिएको भट्टि,४० वटा डिजिटल तराजु,बिषादी हाने मेसिन गट स्प्रेयर २५ वटा,मिनी स्प्रेयर ४० वटा मल ५० प्रतिशत अनुदानमा १० हजार क्वीन्टल,पाएको ब्यवस्थापक रिजालले वताउनुभयो । यस्तै विभिन्न तालिम गोष्ठी एक दर्जन वढि कार्यालयले उपलब्ध गराएको वताए ।

आर्थिक वर्ष ०७४/०७५ अन्र्तगत दोस्रो चौमासिक कार्यक्रम अन्र्तगत पुस अन्तिममा पनि कृषकहरुलाई अलैँची बगानमा उपयोगि हुने सामग्री प्रदान गर्न  लागिएको कृषि अधिकृत प्रकाश विश्वकर्माले वताए । उनका अनुसार अव चाँडै १५ वटा कृषक समूहलाई फुट स्प्रेयर, न्याप स्कापक स्प्रेयर ४० थान ३० वटा कृषक समूहलाई,यस्तै जैविक तथा रसायनिक विषादी झोल मल इत्यादि अलैँची बगानमा छर्नका लागि प्रदान गरिनेछ ।

त्यसैगरी ५ वटा प्लाष्टिक कार्यक्रम,२५ थान डिजिटल तराजु,रोग किरा न्यूनिकरणका लागि विभिन्न किसिमका जैविक तथा रसायनिक विषादीहरु प्रयोग गर्न सिकाइ वितरण गरिनेछ । माटो परिक्षण शिविर संचालन गरी ५ सय कृषकहरुको अलैँची बगानको माटो परिक्षण गरिने तथा उन्नत प्रविधी प्रर्दशन,२ सय ५० जनाको भकारो सुधार कार्यक्रम  गरिने उनले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ