arrow

बक्यौता नतिरेका तीन उमेदवार विरुद्व उजुरीपछि नवलपुर उद्योग वाणिज्य संघमा खैलावैला

बक्यौता पुष्टी भए उमेदवारी खारेज हुने 

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
nawalpur-fncci-bibaad.jpg

नवलपुर। यही पुष २१ गते हुने नवलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि मनोनयन दर्ता गरेका तीन उमेदवार विरुद्व उजुरी परेको छ । 

वरिष्ठ उपाध्यक्ष उमेदवार हरि सुवेदी, महासचिवका उमेदवार हरिषचन्द्र पोख्रेल र कोषाध्यक्षका उमेदवार नेत्र सुनारले संस्थाको बक्यौता रकम तिर्न बांकी रहेको भन्दै उजुरी परेको हो । 

तीनै जना उमेदवार वाम सहितको संयुक्त प्यानलका हुन् । सुवेदी वर्तमान कार्यसमिति सदस्य, पोख्रेल महासचिव र सुनार पुर्व सदस्य हुन। 

गठबन्धनका उमेद्वारको बारेमा उजुरी परेपछि निर्वाचन समितिले ती उमेदवारहरुको वारेमा नवलपुर उद्योग बाणिज्य संघ कार्यसमितिलाई पत्र मार्फत वास्तविकता जानकारी दिन माग गरेको छ । 

निर्वाचन समितिले जानकारी माग गरेपछि उमेदवारहरुले शनिवार वक्यौता रकम तिरेको उद्योग वाणिज्य संघ कार्य समितिका एक सदस्यले जानकारी दिए। 

स्पष्टीकरण माग भईसकेको अवस्थामा शनिवार बक्यौता रकम तिरेकोलाई मान्यता दिने की नदिने भन्ने विषयमा उद्योग वाणिज्य संघ भित्र चर्को विवाद भएको छ । 

बक्यौता रकम देखिएमा उमेदवारी खारेज हुने निर्वाचन समितिका संयोजक चेत नारायण भुषालले बताए। 

विद्यान अनुसार विवाद भए कार्यसमितिको निर्णय अन्तिम हुने प्रावधान छ । समितिले जे निर्णय दिन्छ सोही आधारमा प्रकृया अगाडी बढ्ने संयोजक भुषालले बताए। 

उजुरीकर्ताहरुले भने निर्वाचन समितिले स्पष्टीकरण लेखिसकेपछि बांकी बक्यौता रकम तिरेकोलाई मान्यता दिन नहुने दावी गरेका छन् । 

प्रकृया विपरित कार्य गरे अदालतमा रिट हाल्ने समेत उनिहरुले चेतावनी दिएका छन् । मणि प्रसाद गुरुङ्ग र पुरुषोत्तम भुषालले तीन उमेदवार विरुद्व उजुरी दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ