arrow

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै, नारामा सधै एकताका कुरा 

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
bp-koirala.jpeg

काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला ०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा यसपटक पनि देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ । 

बीपी त्यतिबेला नेपाल आउँदा तत्कालीन सरकारले गोली ठोकेर मार्न पनि सक्दथ्यो । तर उनले आफ्नो ज्यानको बाजी लगाएर गणेशमान सिंह, शैलजा आचार्य लगायतसंग नेपाल आए । 

बीपीको एउटै उद्धेश्य थियो कि – देशभित्रका समस्याको समाधान सार्वभौम जनताबाट नै गरिनुपर्दछ । आपसमा समझदारीबाटै समाधान हुन्छ । 

उनले त्यतिबेला देश रक्षाका लागि दल र राजा मिल्नुपर्ने धारणा राखेका थिए । तर ८ वर्ष प्रवास बसेर फर्केका बीपीलाई मेलमिलापको वातावरण बनाउनुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै तत्कालीन सुन्दरीजल बन्दीगृहमा पुर्याइएको थियो । 

बीपी जेल परे पनि मेलमिलापको ढोका भने खुल्यो । ०३३ सालपछिका जति पनि क्रान्ति र परिवर्तन भए त्यसमा बीपीको त्यही मेलमिलाप र एकताको नीतिले काम गरिरहेको छ । 

बीपी ०३९ सालमा बिते । काँग्रेसले हरेक वर्ष पुस १६ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

तर काँग्रेसभित्रै पटक पटक आन्तरिक किचलो हुँदा काँग्रेसीहरुले नै बीपीको मर्मलाई अहिलेसम्म लत्याउँदै आएको आभाष पाउन सकिन्छ । 

विभिन्न परिवर्तनमा कम्युनिष्ट शक्तिहरु पनि त्यही बीपीको मेलमिलाप नीति सम्झदै काँग्रेससंग एकता गर्न आइपुग्छन् । 

अहिलेसम्म स्वार्थपुर्ण योजनाका लागि बीपी भजाइएका छन् । सच्चा दिलले बीपी नपुजिएको पुराना काँग्रेसी नेताहरु नै बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ