arrow

ट्रम्पलाई किमको न्यू इयर झड्काः ‘क्षेप्यास्त्रको स्वीच मसंगै छ’ 

ट्रम्प भन्छन् –हेरौंला हेरौंला

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
kim.jpg

काठमाडौं । उत्तरको कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनीयुक्त सन्देश दिएका छन् । विश्व नै नयाँ वर्षमा झुमिरहेका  बेलामा किमले आफूले चाहे जुनसुकै बेला अमेरिकामाथि क्षेप्यास्त्र प्रहार गर्न सक्ने चेतावनी दिएका छन् । 

उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको भन्दै आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको भन्दै अमेरिकालाई त्रसित बनाएका छन् । 

उनले भनेका छन्, ‘उत्तर कोरियाले चाह्यो भने जुनसुकै बेला क्षेप्यास्त्र प्रयोग गर्न सक्छ ।’

 किमले अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने समेत दाबी गरेका छन् । 

उनले आफ्नो मुलुक ठूलो परमाणु शक्ति बनेर स्थापित हुने दावी समेत गरेका छन् । 

प्योङयाङ टेलिभिजनमा नयाँ वर्षको सन्देश दिँदै किमले अमेरिकालाई भनेको कुरा कुनै चेतावनी नभइ वास्तविकता भएको समेत बताएका छन् । 

उत्तर कोरियाको यो भनाइले अमेरिका संगसंगै छिमेकी मुलुक दक्षिण कोरिया र जापानलाई समेत अप्ठेरोमा धकेलेको छ । 

किमले उत्तर कोरियाले दक्षिण कोरियामा विन्टर ओलम्पिकको टिम पनि पठाउने बताएका छन् । 

अमेरिकालाई दिएको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ‘हेरौंला हेरौंला’ भन्ने प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ