- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । हाम्रो नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराका साथ तानसेनमा पनि पाँचौ राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइएको छ । एन.वि.आर र काइन्ड हट सोसाईटीको संयुक्त आयोजनामा तानसेनमा सोमवार र्याली निकालीएको थियो । पंञ्चेबाजा सहित तानसेनको टुडिखेलबाट सुरु भएको र्याली वसपार्क, पेटोलपम्प, हुलाकचोक, सितलपार्टी, टक्सारटोल, भगवती टोल, नारायणस्थान हुदैँ टुडिखेलमा पुगेर समापन भएको थियो ।
र्यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सरकारी उच्च ओदाका व्यक्तित्व, शिक्षक, विद्यार्थी, मानव अधिकार कर्मी, नागरिक समाजका व्यक्तित्व, पत्रकार , क्यान महासघका पदाधिकारी उद्योगी ,व्यवसायहरु लगायतको ब्यापक सहभागिता रहेको थियो । सहभागी केही व्यक्तिहरले भादगाउँले र ढाका टोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।
नेपालमा विगत पाँच वर्ष देखि अंग्रजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाउदैँ आएको पाईन्छ । पहिले पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार प्रसार गरे पनि यस वर्ष देखि तानसेनमा र्याली नै निकालेर दिवस मनाउन थालिएको छ । तानसेनको पहिचानको रुपमा रहेको पाल्पाली ढाका टोपी लोप हुन थालेकाले तानसेनको पहिचानलाई जोगाई राख्न र्यालीको आयोजना गरिएको एन.वि. आर पाल्पाका संयोजक विक्रम कुँवरले बताए ।
डा. बाबुराम भद्मराईको सरकाले २०६८ सालमा राष्ट्रिय पोशाकलाई हटाईदिए पछि राष्ट्रिय भावले ओतप्रोत भएका युवामा राष्ट्रियता जागेको थियो । अन्य मुलुकले पहिचानका लागि पोशाक राखेका छन् , हामी कहाँ भएको पोशाकलाई हटाइएको छ । त्यसैले नेपाली र गोर्खालीको शानलाई बचाई राख्नको लागि पनि यो दिवस मनाउनु पर्नेमा युवाहरुले विभिन्न सामाजिक सञ्जालहरुमा आग्रह गरेका छन् ।