arrow

अझ लोकप्रिय देखिदै विश्वप्रकाश, कार्यकर्तामा बढ्दो छ क्रेज

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
biswaprakash.jpg

काठमाडौं । नेपाली काँग्रेस यो पटक प्राविधिक रुपमा चुनावमा पराजति भएपनि नेपाली काँग्रेस र यसका नेताहरुप्रतिको क्रेज अहिले पनि व्यापक देखिन्छ। नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा दुई पटक आम निर्वाचनमा थोरै मतले पराजित भएपनि आम नागरिक र पार्टीका शुभेच्छुक र कार्यकर्तमा उनको क्रेज बढ्दै गएको छ ।  

नेपाली काँग्रेसले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेता विश्वप्रकाश शर्माप्रति त्यो क्रेज अझ मुखर भएको देखियो ।

विश्वप्रकाशले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै वक्ता र आतिथ्य ग्रहणको लामो सूची आवश्यक नहुने र काँग्रेस आधुनिक बनाउन सटिक कार्यक्रम गर्नुपर्ने बताएका थिए। सो समय हल तालिले गुन्जिएको थियो ।

शर्माले भर्खरै भएको प्रतिनिधि तथा प्रदेश सभामा नराम्रोसँग हार व्यहोरेको काँग्रेसका कार्यकर्तालाई हौसाउँदै हारमा निराश बन्ने  व्यक्ति काँग्रेस हुन नसक्ने बताए।

पार्टी शीर्ष नेताहरु वक्ताको रुपमा रहेका बेला केन्द्रीय सदस्य शर्मा बोलेपछि सभागृहको हल लगभग आधा नै खाली भएको थियो ।

त्यस्तै  सोमबार चितवनमा 'विपीको मेलमिलाप र अबको कांग्रेस' विषयक बृहत गोष्ठी एवम् आमसभाको आयोजना  गरिएको गरियो ।

चितवनभरिका नेपाली कांग्रेसका कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा हलमा मात्रै २५ प्रतिशत मानिस अटाए। हलबाहिर करिब ७५ प्रतिशत नागरिक घाम ताप्दै विश्वप्रकाशको भाषण सुनिरहेका थिए।

७३ मिनेट सम्बोधन गरेका विश्वप्रकाशले आमा र आँखाको उदाहरण दिँदा उपस्थितहरुले गहभरि आँशु पारेका थिए। विश्वप्रकाशले बोलिरहँदा शुन्यजस्तै सबै एकचित्तले सुनिरहेका देखिन्थे।

शर्माले  हारको समीक्षा हुनुपर्ने भन्दै पहिले केन्द्रीय कार्य समिति बैठक र महासमिति बैठक बसेर गम्भीर ढंगले समीक्षा हुनुपर्ने माग राखे ।

शर्मा सहित चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, प्रदिप पौडेल, बद्री पाण्डे, उमेशजंग रायमाझी लगायतका काँग्रेसका प्रभावशाली नेताहरु अहिले पार्टीको नवजागरको अभियानमा छन्।

पार्टीमा आश गरिएका शर्मा जस्तै नेताहरुका प्रयासका कारण आम कार्यकर्तामा नयाँ उत्साहको सञ्चार शुरु भएको छ। देशभर यहि उत्साह सञ्चार गराउन शर्मा सहितका नेताहरुको प्रयास सफल भएमा काँग्रे्सले नयाँ चुनौतीको सामना गर्दै अव्वल पार्टीको रुपमा आफूलाई उभ्याउन सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ