arrow

प्रदेश ३ मा मुख्यमन्त्रीः नबोल्नेको दाबेदारी बढी, यस्तो छ स्थापितको योजना, के गर्ला माओवादी ?

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार

काठमाडौं । प्रदेश नं ३ मा मुख्यमन्त्री को होला भन्ने चासो उत्तिकै बढेको छ । प्रदेश ३ मा बाम गठबन्धनका कारण कुनै भाग नलागेमा नेकपा एमाले मध्येबाटै मुख्यमन्त्री बन्नेछन् । 

११० सिटमध्ये ६८ सिट जितेका कारण एकलौटी सरकार गठन गर्ने मनस्थितिमा रहेको एमालेबाट धेरै हेभिवेट भएका कारण पनि कसले बाजी मार्ला भन्ने अड्कल गर्न मुस्किल छ । 

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौं) मुख्यमन्त्रीकै लागि प्रदेश सभामा लडेको एमाले नेतृत्वको बुझाइ भए पनि राजेन्द्र प्रसाद पाण्डे (धादिङ) र केसव स्थापित (काठमाडौं) पनि जोडतोडको प्रचारबाजीमा लागेका छन् । 

त्यसबाहेक पशुपति चौलागाईँ (दोलखा), सानुकुमार श्रेष्ठ (काठमाडौं) पनि लाइनमा छन् । अझ पोलिटव्युरो सदस्य अरुण नेपालको नाम पनि सुनिएको छ । 

३ नम्बरको मुख्यमन्त्रीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि माधव नेपालसम्मले आश्वासन दिएका छन् । 

आखिर को होला त ? कसरी छान्ने ? के भन्छन् केसव स्थापित ? 

मुख्यमन्त्रीको प्रचारप्रसार तीव्र गरिरहेका मध्येमा पर्छन् केसव स्थापित पनि । उनको लजिकल तर्क छ कि – आकांक्षी सबैलाई भेला गर्ने, बोल्ने मौका दिने, एजेन्डा सुन्ने अनि जसको विचार र सोच राम्रो छ उसैलाई मुख्य मन्त्री दिने । 

उनी यो कार्यक्रम सबै मिडियाबाट प्रत्यक्ष प्रसारण गरेरै संचालन गर्नुपर्नेमा पनि जोड दिन्छन् । 

हाम्राकुरासंग उनले भने, ‘खुला कम्पिटिशन गरौं जसले जित्छ उही मुख्य मन्त्री ।’

स्थापितले भने, ‘अरु कसैले योजना प्रस्तुत गर्न सक्दैनन् भन्ने मलाई विश्वास छ । म काठमाडौंको मेयर भइसकेको अनुभवी हुँ । मलाई कहाँ के चाहिन्छ भन्ने थाहा छ । एक्सपर्ट प्यानलसंग बस्न थालिसकेको छु । कर्मचारीबारे के गर्ने भन्ने सोच बनाइसकेको छु ।’

स्थापित आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउँछन् । उनी भन्छन्, ‘भिजन जति मसंगै छ अरु मुख्य मन्त्री हुने आँट कसले गर्ला र ?’

के गर्ला माओवादी ? 
माओवादीको समर्थन आफैलाई रहेको केसव स्थापितको दाबी छ । उनी भन्छन्, ‘मैले जनयुद्धमा समेत माओवादीलाई सघाएको छु, त्यसैले उहाँहरुले मलाई नै समर्थन गर्नुहुन्छ, उहाँहरु म भएसम्म तलमाथि गर्नुहुन्न ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ