arrow

पूर्वराजाको साइत गुलेरियाको शिवमन्दिरतिर

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
ganendra_ex-king.jpeg

बर्दिया । मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार मंगलबार दिउँसो बर्दियाको गुलेरियामा रहेको शिवमन्दिर दर्शन गर्न जाने भएका छन् । 

उनी दिँउसो २ बजे शिवमन्दिर दर्शन गर्न जाने कार्यक्रम रहेको जनाइएको छ । 

त्यसका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । 

पूर्वराजाले मंगलबार शिवदर्शनपछि सर्वसाधारणसंग पनि भलाकुसारी गर्ने समय निकालेको स्रोतले बताएको छ । 

बुधबार पूर्वराजा कैलालीको धनगढी जाने कार्यक्रम रहेको छ । 

पूर्वराजा गत पुस १३ गते मध्य र सुदूरपश्चिमको भ्रमणका लागि काठमाडौंबाट नेपालगञ्ज गएका थिए । 

उनले १३ गते नै आफ्नोसमेत लगानी रहेको सोल्टी होटलको उद्घाटन गर्ने कार्यक्रम रहे पनि त्यो सफल हुन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ