arrow

हलेसी वजारमा भिषण आगजनी

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
fire.jpeg

खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भीषण आगलागी भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले अहिले उग्र रुप लिदा पुरै बजार जोखिममा परेको छ ।

आगोले राईका घर नजिकका अन्य छिमेकिहरू उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राई लगायतको घर नष्ट गरेको छ। 

घरमा रहेका ग्याँसमा समेत आगोले भेट्दा ग्याँसका सिलिण्डर पड्किरहेकाले आगो नियन्त्रण गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रण गर्न नसके पछी रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दमकल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

दिक्तेलबाट हिँडेको दमकल कम्तीमा दुई घण्टापछि मात्र हलेसी पुग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ। 

बजार क्षेत्रमा घरहरू बाक्लो हुने भएकाले आगोले क्षती बढी हुन सक्ने बताईएको छ । 

आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ