arrow

कौटिन्होले खेले लिभरपुलबाट अन्तिम खेल

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
coutinho.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबल क्लब लिभरपुलका महत्वपुर्ण खेलाडी फिलिप्पे कौटिन्होले लिभरपुलबाट अन्तिम जर्सी लगाएका छन् । 

यो समाचार ‘साँच्चै हो कि हल्ला चलेको’ अझै यकिन भएको छैन । 

स्पेनिस पत्रिका स्पार्टलाई हवाला दिँदै कौटिन्हो महंगो मुल्यमा जवरजस्ती लिभरपुलबाट स्पेनिस क्लव बार्सिलोनामा सरुवा हुन थालेको अन्तर्राष्ट्रिय खेलकुद वेभसाइटहरुले लेखेका छन् । 

२५ वर्षीय कौटिन्हो जनवरी ट्रान्सफर जोन अन्तर्गत बार्सिलोना जान थालेको बताइन्छ । 

कौटिन्होलाई घाइते भएका कारण लिभरपुलको रातो जर्सीमा देख्न नपाइए पनि पनि जनवरीको खेल तालिकामा कौरिन्होलाई लिभरपुललाई नलिने बताइएको छ । 

यथार्थ हो वा हल्ला चलाइएको हो अझै यकिन छैन । कौटिन्होले डिसेम्बर ३० मा खेलेका थिए । उक्त खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको थियो । 

नयाँ वर्षको दिन लिभरपुलले बर्नलीलाई २–१ ले हराउँदा भने लिभरपुलको टिममा कौटिन्हो थिएनन् । 

बार्सिलोनाका सीइओ ओस्कार ग्रोउले पनि कौटिन्होलाई किन्न तयार भएको बताएपछि शंका कि सत्य भन्ने फेरि अल्झन बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ