arrow

फरक क्षमताका वालवालिकालाई न्यानो कपडा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ पुष १९ बुधबार
mukti.JPG

स्याङ्जा । १२ बर्ष अगाडी स्याङ्जा सदरमुकाममा प्रधान कार्यालय स्थापना गरेर संचालनमा ल्याइएको मुक्तिनाथ विकास बैंकले १२ औं स्थापना दिवस मनाएको छ । बैंकको अहिले प्रधान कार्यालय काठमाडौं ।  बैंकले १२ औं स्थापना दिवसको अवसर पारेर विभिन्न जिल्लामा विविध कार्यक्रम समेत गरेको छ । यसै सन्दर्भलाई पारेर बैंकले स्याङ्जाको वालिङ स्थित भुम्रे माध्यमिक विद्यालयमा अध्यनरत सुस्त मनस्थितिका वालवालिकालाई न्यानो कपडा र खानेपानीको ट्याङ्की हस्तान्तरण गरेको छ ।

११ जना अध्ययनरत रहेका फरक क्षमता भएका वालवालिकालाई जाडोको न्यानो कपडा वितरण गरेर आफ्नो स्थापनाको बार्षिकोत्सव मनाएको छ । न्यानो कपडा वितरण गर्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा बैंकका प्रमोटर शोभाकान्त पौडेलले बैंक नाफा मुखी मात्रै नभएर सामाजिक उत्तरदायीत्वमा लागेको बताए । फरक क्षमता भएका वालवालिकबालाई न्यानो कपडा वितरण गरेर सामाजिक सदभाव राखेको छ पौडेलले भने,“यस्ता काम अन्य बैंकले पनि गर्ने हो भने सामाजिक विकासले फड्को मार्नेछ ।” नाफा मात्रै नभएर बैंकहरुले समाजिक सेवामा पनि लगानी गर्नु आवश्यक छ उनले भने । जिवनमा अनेक खालका समस्या आईपर्छन त्यस्ता समस्यालाई सरकार र हामी मिलेर समाधानको बाटोमा लाग्नु पर्छ पौडेलले भने,“यहाँ रहेका वालवालिका पनि यस्तै समस्या झेल्न बाध्य छन् ।” फरक क्षमता भएका वालवालिकालाई हेर्ने दृष्टिकोणमा राम्रो भुमिका बैंकले खेलेको बताए ।

स्याङ्जामा फरक क्षमता भएका वालवालिका देखि बृद्ध सम्मको संख्या धेरै रहेको वालिङ नगरपालिकाका प्रशासन शाखा अधिकृत पदमप्रसाद पाण्डेले बताए । बैंकले यस्ता वालवालिकालाई न्यानो कपडा वितरण गरेर वालवालिकाको मनोवल उच्च बनाउन सफल भएको प्रशंसा गरे । अपाङ्गता भएका वालवालिकालाई सहयोगका साथै यसको जन्मदर घटाउने तर्फ सबै लाग्नु पर्ने पाण्डेको भनाई छ । बैंकले ११ जना विद्यार्थीलाई एक सेटका दरले न्यानो कपडा वितरण गरेको थियो ।

 न्यानो कपडा पाएपछि वालवालिकाहरु खुशी भएका थिए । विभिन्न सामाजिक संघसंस्थाले यस विद्यालयमा अध्ययनरत वालवालिकालाई पोशाक देखि विभिन्न सामाग्रीहरु वितरण गर्दै सहयोग गरेको विद्यालयका प्रधानाध्यापक धनपति पंगेनीले  बताए । बैंकको वालिङ र गल्याङ् शाखाको संयुक्त संयोजनमा न्यानो कपडा वितरण गरिएको वालिङ शाखाका प्रमुख रविन काफ्लेले बताए । काफ्लेका अनुसार बैंकको ७४ वटा शाखाहरुमा रक्तदान, सरसफाई, पोशाक वितरण, बिरामीलाई फलफुल वितरण, बृद्धबृद्धालाई कम्मल वितरण लगायतका सामाजिक काम गरेर बार्षिकोत्सव मनाई रहेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ