arrow

वाम कार्यकर्तालाई निर्वाचन आयोगको आग्रह, संवैधानिक आयोगको मानमर्दन नगर्नुस्

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
Election_commition.jpeg

काठमाडौं । निर्वाचन आयोगले आयोगको गरिमामाथि प्रश्न उठाउने र मानमर्दन गर्ने क्रियाकलाप नगर्न राजनीतिक दल र तिनका भ्रातृ संगठनलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको समानपातिक मत परिणाम सार्वजनिक नगरेको भन्दै वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र निकट युवा–विद्यार्थीले संगठनले आयोगविरुद्ध उत्रिएपछि आयोगले यस्तो आग्रह गरेको हो ।
आयोगले बुधबार विज्ञप्ति निकालेर राष्ट्रिय सभा निर्वाचन नभएसम्म प्रतिनिधिसभाको समानुपातिकको परिणाम सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन रहेको प्रष्ट्याएको छ ।

आयोगले प्रतिनिधिसभाको समानुपातिक परिणाम सार्वजनिक गर्न आतुर रहेको पनि जनाएको छ । आयोगको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) को प्रावधानले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरुमध्ये विजयी हुने उम्मेदवारहरुको नामहरु सिफारिस गर्नका लागि दलहरुलाई पत्राचार गर्न आयोग असमर्थ छ ।’

यस्तै, आयोगले राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्न सरकारलाई सुझाव दिएको छ । मंगलबार मात्रै प्रधानन्त्रीसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले २५ माघमा राष्ट्रिय सभाको चुनाव तोक्न प्रस्ताव राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ