arrow

उपेन्द्रले भने– ओलीजी उल्टो खुट्टा फर्किनु भो

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
upendra-yadav-600x0.jpg.jpeg

सप्तरी । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बन्न अघि बढेका एमाले अध्यक्ष केपी ओली संवैधानिक प्रावधान बुझेपछि उल्टो खुट्टा फर्किएको बताएका छन् ।

संघीय समाजवादी फोरम सप्तरीले गरेको सम्मान कार्यक्रममा उनले भने, ‘दलहरुले अहिले संविधान कस्तो बनेको थियो भन्ने बुझ्दै छन् । ओलीजीको पनि हालत त्यही हो । प्रधानमन्त्री बन्न अगाडि बढेका ओलीजी संविधानबारे बुझेपछि उल्टो खुट्टा फर्कनुभएछ ।’ प्रतिनिधि र प्रदेशसभामा सबैभन्दा बढी सिट जितेको एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नका लागि अगाडि बढे, तर कसले रोक्यो ?, उनले अगाडि थपे,  ‘जस्तो संविधान बनाए त्यस्तो परिणति त भोग्ने नै भए नि ।’

उनले प्रतिनिधिसभाको समानुपातिक परिणाम चाँडो नआउनुको कारण पनि संविधान नै भएको तर्क गरे । उनले अहिले संविधान बनाउनेहरुलाई नै कतिवय व्यवस्थाहरु घाँडो भएको बताए । संविधानमा भएको त्रुटी औँल्याउँदै उनले भने, ‘संविधानमा धेरै किसिमको त्रुटि छन् भन्दा केहि गलत छैन भन्नेहरु सही बाटोमा आउन थालेका छन् ।’

आफुहरुले विगतमा गरेको आन्दोलन र उठाएका माग जायज भएको भन्दै उनले प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको मुद्दालाई अनुमोदन गरेको बताए । उनले भने, ‘प्रदेश २ को जनादेशले संशोधन अपहरिहार्य छ भनिसक्यो ।’

व्यक्तिगत स्वार्थका लागि संविधान बनाउनेहरु स्वयं संविधानकै कारण फसिरहेको समेत यादवले सुनाए । ‘संविधान त्रुटिपूर्ण छ भनेर हामीले बारम्बार भन्यौं’ यादवले आगाडि भने, ‘बलजफ्ती रुपमा संविधान जारी गर्नेहरु नै अहिले फसेका छन् ।’ अब आफू बाँच्न पनि शीर्ष दलका नेतालाई संविधान संशोधन अपरिहार्य हुने यादवको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ