arrow

एमालेका पौडेलको हत्याविरुद्ध बुटवल बन्द

मनोज पुनले लिए हत्याको जिम्मेवारी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष २१ शुक्रबार
poudel5.jpg

बुटवल। रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको छ। तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले बन्द गरेका हुन्। शनिवार रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीको भनाइ छ। अज्ञात ब्यक्तीले शुक्रवार बिहान सवा ११ बजे उनीमाथि गोली प्रहार गरेका थिए। पौडेलको  लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा मृत्यु भएको थियो।

पौडेल पूर्व गाबिस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन्। एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो। बसन्त दुर्गाका नजिकका साथी थिए।

घटना लगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने ब्यक्तीले स्थानीय सञ्चारकर्मी र बिभिन्न ब्यक्तिलाई फोन गरी हत्या आफूले गरेका बताएका छन्। एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब बसन्तको पालो भन्दै धम्की दिएका थिए।

गोली कसले चलायो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीकाले जनाएको छ। गोली प्रहार गर्ने ब्यक्ती कालो डिस्कभर मोटरसाईकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएका छन्। मृतक आफ्नो काठ मिलमा आगो तापेर बसिरहेका बेला गोली प्रहार भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ