arrow

सरकार राष्ट्रिय सभा चुनावको मिति घोषणा गर्दै

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
singha-durbar.jpg.jpeg.jpeg

काठमाडौं । सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाको तयारी गरेको छ । निर्वाचन आयोगको परामर्श नुसार नै मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।

प्रधानमन्त्रीसँगको परामर्शका क्रममा आयोग पदाधिकारीले माघ २५ गते मिति तोक्न भनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा राष्ट्रियसभा निर्वाचन मिति घोषणा गर्न लागेको जानकारी दिइसकेका छन् ।  

निर्वाचन सम्पन्न गर्न कम्तिमा पनि ३० दिन लाग्ने बताइरहेको आयोगले मिति तत्काल घोषणा गर्न भनेको छ । राष्ट्रियसभा निर्वाचनका लागि भन्दै आयोगले पुस १३ गते १५ दिनभित्र दल दर्ता गर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश पारित भइसकेको छ ।

अध्यादेशको व्यवस्था अनुसार अब एकल संक्रमणीय मत प्रणालीका आधारमा ५६ जना सदस्य निर्वाचित हुने छन् । एक महिलासहित ३ जना भने राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । राष्ट्रियसभा निर्वाचन नभएसम्म प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको औपचारिक सिट निर्धारण रोकिएको छ । प्रतिनिधिसभाको पूरै नतिजा नआएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने र नयाँ सरकार गठन नहुने बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ