arrow

राजधानीको मांग गर्दै वीरगन्जमा सुरु भयो रिले अनसन 

logo
बिजय चौहान, 
प्रकाशित २०७४ पुष २१ शुक्रबार
birgunj-relay-fasting.jpg

वीरगन्ज। प्रदेशिक राजधानीको माग गर्दै शुक्रबार देखी वीरगन्जमा रिले अनसन सुरु भएको छ। २ नं. प्रदेशको प्रदेशिक राजधानी वीरगन्जलाई बनाउनु पर्ने मांग राख्दै वीरगन्जको घण्टाघर चोकमा विहान ९ बजे देखी १२ घण्टे रिले अनशन सुरु भएको हो। नेपाली कांग्रेसका प्रभावसालि नेता एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरीको नेतृत्वमा रिले अनसन बसेका १२ जनालाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले फूलको माला लगाई अनशनको सुरुवात गराएका हुन। 

२ नं. प्रदेशको एक मात्र महानगरपालिका र अन्य जिल्लाको तुल्नामा सबै भन्दा बढी पूर्वधारसंगै नेपालकै सबै भन्दा बढी राजश्व संकलन गर्ने भन्सारसंगे मुलुको प्रमुख नाका समेत वीरगन्ज नैं रहेकाले प्रदेशिक राजधानी वीरगन्ज मै हुनु पर्ने माग आन्दोलनकारीहरुको रहेको छ।  बारा, पर्सा,रौतहट र सर्लाही जिल्लाका बासिन्दाको सर्मथनमा सुरु गरिएको रिलेअनसन वीरगन्जलाई प्रदेशिक राजधानी घोषणा नगरेसम्म जारी राखिने नेता चौधरीले जानकारी दिए। 

उनले रिलेअनसनबाट राजधानीकोलाई सरकारले सम्बोधन नगरे आन्दोलनको स्वरुपलाई परिर्वतन गर्दै बजार तथा यातायात बन्द देखी अन्य  कडा आन्दोलनका कार्यक्रम समेत गरिने नेता चौधरीले बताए। राजधानीको मागलाई लिए चार जिल्लाका बासिन्दा आन्दोलित रहेकाले बहुमत जनताको भावनालाई सरकारले कदर गर्दै पूर्वधार युक्त वीरगन्जलाई प्रदेशिक राजधानी चाँडो घोषणा गर्नु पर्ने माग चौधरीले राखे। 

वीरगन्जको घण्टाघर चोकमा निर्माण गरिएको पंडालमा जारि रहेको रिले अनसनमा बसरुदिन अंसारी,शम्भु प्रसाद गुप्ता, लोकेस सिंह, ओमप्रकास सर्राफ,दुर्गा क्षेत्री, कमल चौलागाई, रुदल ठाकुर, सञ्जय सर्राफ,महमुद अन्सारी, वृजेश्वर चौधरी र रंजु दहाल सहभागि रहेका छन्। आन्दोल प्रति अनसन स्थलमा राखिएको पुस्तीकामा हस्ताक्षर गर्दै सर्वसाधारणले सर्मथन जनाइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ