- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा शुरु भएको बन्द आइतबार समेत जारी रहने भएको छ । श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको थियो ।
शनिबारबाट शुरु भएको अनिश्चितकालिन बन्दको पहिलो दिन बन्दको प्रभाव परेको छ । शनिबार साना तथा छोटो दुरीका सवारी साधन समेत चल्न दिईएको थिएन। कुनै अप्रिय घटना नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
साथै अनेरास्ववियु रुपन्देही र वाई सिएलको समेत एक्यवद्धता रहेको छ । आईतबार हुने बन्दले सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थाहरु पनि बन्द हुने । अनेरास्वबियु रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले जनाए ।
यता नेकपा एमालेले नेता पौडेलको हत्या प्रति भ्रत्सना गरेको छ । पार्टि प्रचार प्रमुख तेजेन्द्र केसिले बिज्ञ्प्ती जारी गर्दै भ्रत्सना गरेको हो । पार्टले बिज्ञप्तीमा भने बन्दको बिषयलाई उठाईएको छैन ।