arrow

शिखरले सस्तोमा जुत्ता चप्पल बेच्दा उपभोक्ता खुसी, प्रतिष्पर्धीले निराश हुँदै गरे प्रदर्शन

फुटवेयर एसोसिएसनका अध्यक्ष रविन श्रेष्ठ खुद्रा व्यापारिको प्रतिनिधि

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
shikhar-mela.jpg

काठमाडौं। शिखर सुजले राजधानीको भृकुटीमण्डपमा सस्तोमा जुत्ताचप्पल उपलब्ध गराउन आयोजना गरेको विन्टर सेल मेलामा सस्तोमा जुत्ता चप्पल किन्न पाएपछि उपभोक्ताहरुको भीड बढेको छ। उपभोक्ताहरुको भीड बढेपछि प्रतिष्पर्धीहरुको भने निद हराम भएको छ। उनीहरुले शिखरले गरेको मेलास्थलमा आएर सस्तोमा जुत्ता चप्पल बेचेको भन्दै विरोध गरेका छन्। 

प्रतिस्पर्धी जुत्ता उत्पादकहरुले केहि फुटकर व्यपारीहरुलाई अघी सारेर मेलामा अबरोध गर्ने प्रयास गरेका छन् । मेलामा शनिबार खुद्रा ब्यापारीका नाममा प्लेकार्ड बोकेका केही ब्यक्तिहरुले मेलास्थलको गेटमा धर्ना दिने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेर उनीहरुलाई हटाएको थियो । 

प्रहरीले त्यसपछि वार्ताको लागि दुवै पक्षलाई बोलाएको थियो । वार्ता स्थलमा भने फुटवेयर एसोसिएसनका अध्यक्ष रविन श्रेष्ठ र कोषाध्यक्ष नानीराम घिमिरे विरोध गर्नेहरुको पक्षबाट वार्ता गर्न पुगेका थिए । 

‘मेला स्थलमा खुद्रा ब्यापारीका नाममा अबरोध गरिएको थियो,’ शिखर सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले भने, ‘वार्ता गर्ने बेलामा भने फुटवेयर एसोसिएसनका साथीहरु पो प्रकट भए । उनीहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुको साटो ब्यवसाय गर्नमै अबरोध सिर्जना गरेको देखेर दुख लागेको छ ।’ 

शिखर सुजले जाडोलाई लक्षित गरेर ग्राहकलाई सस्तोमा जुत्ता उपलब्ध गराउन विन्टर सेल मेला आयोजना गरेको हो । जुत्ता उत्पादक संघकै पदाधिकारीले अबरोध गरेर सस्तोमा जुत्ता किन्न पाउने मेला हुन नदिने प्रपञ्च गरेकामा भने ग्राहकले आक्रोस ब्यक्त गरेका छन् । 

‘जुत्ता उत्पादकले आफ्नो जुत्ता सस्तोमा ग्राहकलाई सिधै बेच्छु भन्दा किन नपाउने ?,’ मेलामा जुत्ता किन्न आएका चाबहिलका रमेश घिमिरेले भने, ‘सक्नेले आफू पनि सस्तोमा जुत्ता दिनु । त्यसो गर्न नसक्नेले अरुले सस्तोमा बेचेकामा अबरोध गर्न पाइँदैन । हामीले सस्तोमा जुत्ता किन्न पाउने मेला गर्न अबरोध गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ । खुल्ला बजार अर्थतन्त्रमा प्रतिस्पर्धाले मूल्य निर्धारण गर्न पाउनु पर्छ । ग्राहकले छानेर सस्तोमा सामान किन्न पाउनु पर्छ ।’ 

मेला स्थलमा अबरोध गर्नेहरुको ग्राहकले प्रतिवाद गरेका थिए । प्रहरीले समेत हस्तक्षेप गरेपछि गेटमा अबरोध गर्नेहरु तित्तरवित्तर भएका थिए । 

यसअघि मेला स्थलमा शिखर सुजले टेन्ट निर्माण गर्न सुरु गर्नासाथ फुटवेयर एसोसिएसनका अध्यक्ष रविन श्रेष्ठको नेतृत्वमा गएको समुहले मेलामा स्टल बनाउन अबरोध गरेको थियो । 

सस्तोमा न्यानो जुत्ता
शिखरले मेलामा ५ सय रुपैयाँमा दुई जोडी न्यानो जुत्ता उपलब्ध गराउने भएको छ । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, डिएमएस बुटलगायत सबै प्रकारका उपभोक्तालाई उपयोगी जुत्ताचप्पल छन् । 

मेलामा ७५ प्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष प्रसाईंले मेलामै २५ भन्दा बढी नयाँ मोडलका जुत्ता सार्बजनिक गरेको जानकारी दिए । 

भर्खरै उत्पादन गरेका जुत्ताचप्पलमा समेत १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ । शिखरको विन्टर सेल मेलामा ५ सयभन्दा वढी डिजाइनका जुत्ता चप्पल राखिएको अध्यक्ष प्रसाईंले बताए । 

मेला १५ दिनसम्म विहान ८ देखि साँझ ७ वजेसम्म सञ्चालन हुनेछ ।,



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ