arrow

प्रचण्ड सेकेण्डम्यान, महाधिवेशनपछि अध्यक्षको उधारो प्रस्ताव, माओवादीमा खैलावैला

ओली नै फस्टम्यान

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
prachanda-kp-oli.jpg.jpeg

काठमाडौं। चुनावी नतिजाले नयाँ सरकार गठनमा ढिलाइ भएपछि नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू पार्टी एकताको मोडालिटी निर्माणमा लागेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनअनुसार दुवै नेतानिकट रहेका केही युवा नेताले पार्टी एकताको मोडालिटी अन्तिम चरणमा पुर्‍याएपनि त्यसो खाका देखेर माओवादी नेताहरुमा खैलावैला मच्चिएको छ। 

चुनावी तालमेलअघि अति गोप्य राखेर अन्तिम निर्णयमा पुर्‍याएका ओली र दाहालले आफूनिकट नेतालाईसमेत कुनै जानकारी नदिई एकता मोडालिटी बनाउने जिम्मा दिएको र त्यसैअनुसार काम भइरहेको बताएपनि प्रस्तावित मोडलबारे माओवादी वृत्तमा भने हलचल मच्चिएको हो। 

एमाले र माओवादी भित्रका कतिपय जिम्मेवार नेतासमेत एकता हुँदा आफ्नो मन्त्री पद र पार्टीमा प्राप्त पद गुम्ने त्रासमा विपक्षमा लागेको तथ्य फेला परेपछि ओली र दाहाल दुवैले एकता पछिको राजनीतिक कार्यदिशा, सिद्धान्त, सांगठानिक संरचना र नेतृत्वको विषयमा गोप्यता कायम गर्दै गृहकार्य अघि बढाएको बताइए पनि एमालेले आफ्नो हात माथि पारेर मात्र प्रस्तावहरु तयार गर्न थालेपछि माओवादीका नेताहरु एकपछि अर्को गर्दै हच्किएका हुन्। 

चुनावमा जनताले आफूहरूले अघि सारेको स्थिर सरकार र समृद्धिको मुद्दालाई अनुमोदन गरेको र चुनावअघि नै ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको कारण पार्टी एकता गर्दा प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलका नेता ओली नै रहने भन्दै एमालेका ओली पक्षीय नेताहरुले दावी गर्दै आएका छन भने त्यहि लाइनमा प्रचार पनि गर्दै आएका छन्। 

तर माओवादीका नेताहरु यो कुरा मान्न तयार छैनन। उनीहरुले यस अझै सहमति नजुटेको बताएका छन् । 

एकीकरण गर्दा एकता महाधिवेशनपछि अध्यक्ष बनाउने गरि प्रचण्डलाई प्रस्ताव गरिएको विषयमा त्यस्तो उधारो प्रस्तावले काम नगर्ने माओवादीका नेताहरुले बताएका छन्। 

महाधिवेशनसम्म दुवै अध्यक्ष रहने व्यवस्थामा भने माओवादी लचक रहेको छ। तर यसो गर्दा प्रधानमन्त्रीको बारेमा टुङगो लगाउनुपर्ने माओवादीको अडान छ। जसरी पनि केपी ओली फस्टम्यान भएर प्रचण्डलाई सेकेण्ड म्यान बनाउने गरि कार्यवाहक अध्यक्ष रहने वा सहअध्यक्षको व्यवस्था गरी पार्टी सञ्चालनको जिम्मा दिने गरी एकताको मोडालिटी एमालेले बनाएको छ।  

पार्टी एकतापछि केपी ओली नै अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री बन्ने, प्रचण्ड कार्यवाहक अध्यक्ष वा सहअध्यक्षमा रहेर सरकारमा रहँदासम्म पार्टी हेर्ने र एकता महाधिवेशनपछि अध्यक्षको जिम्मेवारी लिने वा एकतासँगै संक्रमणकालीन व्यवस्थाअनुसार दुवै जना अध्यक्ष रहने गरी एमाले हावी भएको मोडालिटी तयार भएपछि माओवादीमा हलचल भएको हो। 

एमाले नेता शंकर पोखरेलले घोषणापत्र कार्यान्वयन गर्दै जनतामा पलाएको सपना पूरा गर्ने गरी सरकार गठनका लागि ओलीलाई अध्यक्षसहित दलको नेता र प्रधानमन्त्री बनाउने विषयमा दोस्रो तहका नेताहरुले बहस गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ