arrow

हवाई उडान रद्ध भएपछि प्रचण्डलाई सास्ती, सडकमार्गको यात्रा

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
prachanda-helicopter.jpg

रत्ननगर, चितवन । एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।

शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । अहिले ४ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आइतवार बिहानसमेत ७ डिग्री यथावत् थियो । आइतवार १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।

गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेर्सो) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो  र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताए  । शनिबारभन्दा आज अलि राम्रो भएकाले उडान हुने आशा रहेको गौतमको भनाइ छ ।

भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ । बुद्धले काठमाडौँ, भरतपुर छदेखि सात वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ ।

सिम्रिकको चितवन–काठमाडौँ एउटा उडान छ भने यतिको चार वटा उडान हुन्छ । भरतपुर विमानस्थलमा दैनिक ५०० यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ ।

बुद्धको आइतवार १२ बजेसम्म पाँच वटा उडान भर्नुपर्ने थियो तर अहिलेसम्म एउटा पनि उडान भएको छैन । हिजैका यात्रु उडाउनुपर्ने अवस्था छ ।

शनिबारदेखि चितवनमा घामसमेत लागेको छैन । वातावरण धुम्म छ । चितवनबाट काठमाडौं जाने तयारीमा रहेका  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलेसमेत उडान नहुँदा शनिबारको हवाई यात्रा स्थगित गरि सडक मार्गवाट काठमाडौ फर्किएको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

चिसोले मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ