arrow

चिसोका कारण भन्दै कञ्चनपुरका विद्यालय तीन दिन बन्द

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष २३ आइतबार
Kanchanpur_District.png

कञ्चनपुर । पश्चिम नेपाल तराईका जिल्लाहरुमा शितलहर बढ्दै गएको छ । कञ्चनपुरमा समेत केही दिन यता जाडो बढेको छ । चिसोका कारण भन्दै   कञ्चनपुरका विद्यालय पनि तीन दिन बन्द रहनेने भएका छन् । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले अत्यधिक चिसोका कारण पठन पाठनमा समस्या भएको भन्दै सोमबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रशाद भट्टले चिसोले पठन पाठनमा समस्या भएकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।

‘विभिन्न ठाँउबाट चिसोका कारण साना साना बालबालिकामा समस्या देखिएको खबर आएपछि हामीले ३ दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेका छौँ, ‘उनले भने, ‘चिसोलाई मध्य नजर गर्दै विद्यालय बन्द गरेका हौँ, अहिलेको बिदा पछि मिलाउनेछौँ ।’

विद्यालय बन्द गर्न समेत शिक्षा कार्यालयले जिल्लाका स्रोत केन्द्रमा पत्राचार गरेको छ । अत्यधिक चिसोका कारण विद्यालयमा दैनिक पठन पाठनमा प्रभाव परेको थियो । सबैभन्दा साना साना बालबालिका र विपन्न समुदायका बालबालिका चिसोबाट बढि प्रभावित भएका छन् । पुस २७ गतेदेखि कञ्चनपुरका विद्यालय खुल्ने छन् । यद्यपि आइतबार मध्यान्हमा भने धेरै दिनपछि घाम लागेको छ ।

कञ्चनपुरमा यस अघि अत्यधिक चिसो भएपनि विद्यालय सञ्चालनमै रहेका थिए । जाडो हुदा विद्यालय बन्द नगरेको तर घाम लाग्न थालेपछि विद्यालय बन्द गरेको भन्दै अभिभावले गुनासो गरेका छन् । यस्तै कार्यले गर्दा कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रशाद भट्ट पटक पटक विवादमा आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ