arrow

मनाङमा खोलामा पानी वग्न छोड्यो धारोको पानी पनि भयो वरफ

logo
नविन लामिछाने,
प्रकाशित २०७४ पुष २३ आइतबार
manang-water-ice.jpg

मनाङ। मनाङमा जाडो वढेसँगै पानी जम्न थालेको छ। नेपालभरि चीसो बढिरहेको बेला मनाङमा अहिले माइनस १६ डिग्रीसम्म तापक्रम घटेको छ। अत्यधिक चीसो वढेसँगै स्थानियहरु घरमै बस्न थालेका छन्। सरकारी कार्यालयका कर्मचारीहरु पनि कार्यालयमा कम भेटिन थालेका छन्। सेवाग्राहीहरु सरकारी कार्यालयमा आक्कलझुक्कल मात्र भेटिन्छन। 

मनाङमा सबै शिक्षण संस्था बन्द भएका छन्। शिक्षण संस्थाहरु फागुनदेखि सञ्चालनमा आउन सक्ने बताइएको छ। घरपालुवा जनावरको रेखदेख र बस्नैपर्ने अवस्था रहेका स्थानिय बाहेक सबैले मनाङबाट हिउँदै छुट्टीमा अन्य जिल्लामा काम गर्न जाने चलन पनि छ। पिउने पानीको मुहान पनि वरफ भएको छ। अत्यधिक चीसो वढ्दा पानी वग्ने खोलाहरुमा पानी वग्न छोडेको छ। चीसोका कारण तुसारो र शीत पनि वरफ बनेको छ। 

स्थिति कस्तो बनेको छ ने खहरे खोला र छहराहरु समेत पुरै जमेको छ।  धारोमा पानी झर्न छोडेको छ । पाइपमा रहेको पानी जमेपछि धारामा पानी आउन छोडेको हो। पश्चिमि वायुको प्रभाव वढ्दै जाँदा पानी नपरेपनि चीसोचाहिं अत्यधिक वढेको छ। पानी पर्‍यो भने यो जाँडो हिउँसहित थपिनेछ।  

स्थानियहरु चीसोले अत्यधिक पिडित भएका छन्। पाइपमा पानी जमेर वरफ हुँदा धारामा पानी नआएका कारण स्थानियहरुले वरफलाई पगालेर पानी पिउन वाध्य भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ