निर्वाचन आयोग देशी बिदेशी शक्तिको तुरुप बन्यो : शेरधन राई

प्रकाशित मिति : २०७४ पौष २५ मंगलबार , १,८६६ पटक हेरिएको
फाइल तस्विर

भक्तपुर । नेकपा एमालेको युवा नेता एवं पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन् ।

रफत  सञ्चार क्लबमा आयोजीत साक्षात्कार कार्यक्रममा बोल्दै  उनले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संबिधानको मर्म बिपरित गएर काम गरिरहेको आरोप लगाएका हुन् ।
 
उनले बर्तमान  देउवा सरकाले जनआदेश र संबिधान बिपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय अव बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए ।

बामगठबन्धन टुटाउन देशी बिदेशी शक्ति लागिपरेको बताउँदै उनले भने जनताले पार्टी एकिकरण गर्न नसके पनि न्यूनतमा पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अव एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन् ।

एमाले अध्यक्ष केपी शर्मा आली र माओवादी अध्यक्ष प्रचण्डको बिकल्प नभएको भन्दै उनले नयाँ पुस्ता सक्ष्म भएता पनि बाम गठबन्धन भित्र केही ब्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्रीमा दाबी भन्ने समय सापेक्ष नरहेको बताए ।

प्रदेश सरकारका लागि सबै भन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै समस्याहरु रहेता पनि यसको समाधान गर्न आफ्नो स्रोत साधनको उपयोग र भ्रष्टाचार मुक्त देश तर्फ बढ्न नसके थप जटिलता निम्ताउने दाबी गरे ।

अव केहि समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्य मन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको उनले बताए ।

 

 

नयाँ