arrow

ओली थाइल्याण्ड जान तैयार, वुधबार दिउँसो उड्दै

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
KP_oli_BANKOK.png

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकब जान तयार भएका छन् ।

ओली वुधबार साढे १२ बजेपछि बैंकक जान लागेका हुन् । उनको बैंकक जाने तयारी पूरा भएको पार्टी कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

मंगलबार डाकिएको पार्टी एकता संयोजन समिति बैठकबाट एकता प्रक्रियाका लागि काम गर्न विभिन्न कार्यदलहरु घोषणा गर्ने र विभिन्न तहलाई काम दिएर ओली बैंकक जान लागेको समेत सचिव श्रेष्ठले बताए ।

ओली केही दिनअघि पखाला चलेपछि बाहिर निस्किएका छैनन् ।मृगौला प्रत्यारोपणपछि ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जाने गरेका छन् । यो पल्ट चुनावका कारण उनको नियमिति परीक्षणमा समेत ढिलाई भएको बताइएको छ । उनले वुधबार साढे १२ बजे पत्रकारहरुलाई विमानस्थल बोलाइसकेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ