arrow

अज्ञात रोगकाले एकै टोलमा २६ को मृत्यु

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Parsa-hamrakura.jpg.jpeg
पर्सा । तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका–४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन् । जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासिन्दा महामारी वा दैव्यप्रकोप परेको भन्दै चिन्तित भएका हुन् । 
 
तीन महिनाकी नातिनीलाई अपराह्न्न तेल लगाई सुताएको र उनको सुतिरहेकै अवस्थामा मृत्यु भएको हजुर आमा श्रीपती देवी ठाकुरले बताए । उनले तेल लगाई सुताएको एक घण्टा नबित्दै नातिनीको मृत्यु भएको जानकारी दिए । स्थानीय साहेब बाबुप्रसाद कानुलाई विगत एक महिनादेखि ज्वरो आएपनि काठमाडौँको शिक्षण अस्पतालमा समेत उपचार गराउँदा कारण पत्ता लगाउन नसकेको उनका पिता शम्भुप्रसाद कानुले बताए । 
 
विगत तीन महिनाभित्र टोलमा रहेका २६ जनाको मृत्यु भएपछि देउताको प्रकोप लागेको होकी भन्दै सतवरिया टोलका बासिन्दाले अस्ठजाम तथा पाठ पूजाको आयोजना गरी देउता खुसी पार्न लागेका छन् । अज्ञात रोगका कारण १२ वर्षमुनिका आठ, १२ वर्षदेखि ५५ वर्षका छ र ७५ देखि १०२ वर्षबीचका १२ गरी २६ जनाको मृत्यु भएको जिल्ला जन स्वास्थ्य कार्यालयका अधिकृत राजकिशोर प्रसादले जानकारी दिए । उनले मृत्यु भएको विषयमा लगत सङ्कलन गरीएको र रोग पत्ता लगाउन जन स्वास्थ्य कार्यालयमार्फत सम्बन्धित निकायमा पहल गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ