arrow

चुनाव हारेपनि आश्वासन पूरा गर्दे माओवादीका नेता

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ पुष २६ बुधबार
panchthar-district1.png

पाँचथर । चुनावको समयमा दिएको आश्वासन पूरा गर्ने नेताहरु कमै मात्र छन् । त्यसमाथि पनि चुनाव हारेका उम्मेदवारहरुले गरेका प्रतिवद्धताहरु माथि त भर नपरे पनि हुन्छ तर नेकपा माओवादी केन्द्र पाँचथरका उम्मेदवारहरुले भने चुनावमा पराजय भएपनि गरिएका प्रतिवद्धताहरु नेकपा माओवादी केन्द्रले धमाधम पूरा गर्न भनेर कम्मर कसेर लागेको छ ।

 स्थानिय तहको निर्वाचनमा फिदिम नगरपालिकाको विभिन्न वडामा पुगेर मेयर,उपमेयर,वडा अध्यक्ष तथा वडा सदस्यहरुले गरेका प्रतिवद्धता बमोजिम अहिले उम्मेदवारहरुले हारेपनि बोलेका कुरा पूरा गर्न लागिपरेको नेकपा माओवादी केन्द्र पाँचथरले जनाएको छ ।

फिदिमको पौवाभन्ज्याङ देखि सुकेपोखरी पर्यटकिय पदमार्गमा रहेका मक्किएका काठका पोलहरु हटाएर अहिले फलामको बिजुलीका पाइपहरु उपभोक्ता समितीलाई उपलब्ध गराइएको छ । उपलब्ध गराएका फलामका पोलहरु गाडी सकेको उपभोक्ता समितीका अध्यक्ष भवेन्द्र राईले वताए ।

चुनावमा आवश्वसान दिए पश्चात ५० हजार रुपैया बराबरको फलामको पोल उनीहरुलाई उपलब्ध गराइएको नेकपा माओवादी केन्द्रको तर्फबाट फिदिम नगरपालिकाका मेयरका प्रत्याशी राधाकृष्ण न्यौपानले वताए । उनले भने,“चुनावमा नेताहरुले धेरै झुठो आश्वसान मात्रै दिने गर्दछन् तर हामी चुनावमा हारेपनि बोलेका प्रतिवद्धताहरु पूरा गर्दे जानेछौ ।”

यसअघि पनि फिदिम नगरपालिकामा पाटीका उम्मेदवारहरुले बोलेका आश्वसनहरु पूरा गर्दे अघि वढेको उनको भनाई छ । यस्तै त्यस फिदिम नगरपालिका वडा नम्बर १४ मा खेलमैदान निर्माण गरिदिने प्रतिवद्धता जनाएको र उक्त प्रतिवद्धता पनि क्रमश पूरा गर्दे जाने वताए ।

 नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हर्क नेम्बाङ मिक्सो,पाटीका केन्द्रिय महाधिवेशन आयोजक समिती सदस्य तथा फिदिम नगरपालिकाका मेयरका प्रत्याशी राधाकृष्ण न्यौपाने, उपभोक्ता समितीका सचिव मान बहादुर राई,कोषाध्यक्ष देवेन्द्र राई लगायतको उपस्थितीमा बुधबार त्यस ठाउँमा गएर फलामको पोल फेरिएको थियो । त्यस ठाउँका जनतालाई सम्वोधन गर्दे नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा यूवा नेता हर्क नेम्बाङ मिक्सोले पाटीका उम्मेदवारले चुनावको समयमा जनता सित गरेका विकाश निर्माणका प्रतिवद्धताहरु क्रमश कार्यान्वयन गर्दे लैजाने वताउनुभयो । पाटीका उम्मेदवारले हारेपनि आफूहरु माझ गरिएका प्रतिवद्धता पूरा गरेको भन्दै स्थानिय भने हर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ