arrow

पृथ्वीजयन्तीः सार्वजनिक बिदा, कहाँ कहाँ कार्यक्रम ?

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
prithvi-narayanshah-king.jpg

काठमाडौं । पुस २७ अर्थात् पृथ्वीनारायण शाहको जन्मदिन । उक्त अवसर पारेर राष्ट्रिय एकता दिवस मनाइँदैछ । सरकारले यो दिवसका लागि बिहिबार सार्वजनिक बिदा दिएको छ । 

०६२ सालसम्म सरकारले हरेक पुस २७ गते सार्वजनिक बिदा दिँदै आएको थियो । तर ०६३ देखि २७ पुस दिने सार्वजनिक बिदा कटौती गरिएको थियो । 

वर्तमान सरकारले भने पुस २७ मा २९६ औँ पृथ्वीजयन्ती मनाउन सरकारी बिदा दिने निर्णय गरेको थियो ।

सरकार र विभिन्न तहबाट छुट्टाछुट्टै पृथ्वीजयन्ती मनाइँदै छ । 

कसको कार्यक्रम कहाँ ?

–सरकारी तहबाट प्रज्ञा प्रतिष्ठानको संयोजकत्वमा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको छ । सिंहदरबारको मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बिहान ११ः३० बजे जाने कार्यक्रम छ । 

–राप्रपाले प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ