arrow

सडकमा आउँदै मोहनविक्रम सिंह, प्रचण्डसंग गोप्य वार्ता 

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
prachanda-mohanbikram.jpg

ललितपुर । अर्ध भूमिगत रहेका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह बाहिर निस्कने प्रयासमा रहेका छन् । उनले यसका लागि अभ्यास तीव्र पारेका छन् । 

यसकै लागि उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग गोप्य वार्तामा बसेका छन् । 

उनी बिहिबार बिहान ७ः३० बजे प्रचण्ड निवास खुमलटार पुगे । 

दुवैबीच बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको जनाइएको छ । 

भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएको समेत जनाइएको छ । 

प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए । 

भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएको जनाइएको छ । 

बाहिर यो सूचना प्रवाह गरे पनि गोप्य वार्ताको गाँठी कुरो भने पछि आउने नै छ । 

तर एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि भन्दै बैंकक रहेका बेलामा प्रचण्ड र मोहनविक्रमबीचको भेटलाई भने अर्थपुर्ण रुपले हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ