arrow

दूधकोशीमा वडाध्यक्षको छोरा बेपत्ता

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
bhote-koshi-river-rafting3.jpg

खोटाङ । हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका छोरा १४ वर्षीय किरण दूधकोशीमा डुबेर बेपत्ता भएका छन् ।

साथीसँग माछा मार्न गएका किरण बिहीबार अपराह्नदेखि बेपत्ता भएका हुन् । घर नजिकै पर्ने दूधकोशीस्थित जोर्तीघाटमा माछा मार्न गएका समयमा कोशी तर्ने क्रममा डुबेर उनी बेपत्ता भएको स्थानीयवासीले बताएका छन् । ट्युबमा चढेर कोसी तर्दै गरेका किरण बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । विद्यालय छुट्टी भएका समयमा दूधकोशी आसपासका बालबालिका नदीमा माछा मार्न जाने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ