arrow

नेपालको कारण चिनियाँ 'वान वेल्ट वान रोड' प्रोजेक्ट संकटमा !

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
nepal-china-flag.jpg.jpeg

काठमाडौं । नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्ने आम मानिसको बुझाइको विपरित हुनेगरी भारतीय सञ्चारमाध्यममा भने नेपालकै कारण चीनको महत्वाका‌ंक्षी परियोजनामा ठेस लागेको दाबी गरेको छ । नेपालले गत नोभेम्वरमा बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गरेसँगै खुशियाली मनाएका भारतीय सञ्चारमाध्यमहरुले अहिले त्यही विषयलार्इ लिएर नेपालको कारण चीनको सो प्रोजेक्ट संकटमा परेको समाचार प्रकाशित गरेका छन् । 

भारत यस अघिदेखि नै चीनको सो परियोजनाको विपक्षमा रहेको थियो । तर, अहिले भने नेपाल, भारतदेखि अमेरिकासम्मले असहयोग गरेपछि सो परियोजना चीन केन्द्रीत मात्रै रहेको समाचार नवभारत टाईम्समा उल्लेख छ । उसले 'रेलवेज, पोर्ट्स तथा दोस्रो सुविधाका कारण एशियालाई युरोपसँग जोड्नको लागि चीनको महत्वाकांक्षी सिल्क रोड परियोजना संकटमा परेको' उल्लेख गरेको छ । 

सो समाचार अनुसार चीनले यही परियोजनाका कारण पाकिस्तानमा कैयौं बाधा अड्चनहरु झेल्न परेको छ। बेइजिङमाको साथ पाकिस्तानको सम्बन्ध यति धेरै नजिक रहेको छ कि पाकिस्तानी अधिकारीहरु चीनलाई आफ्नो आईरन ब्रदर को रुपमा लिजने गरेकका छन् । यसका बाबजुद पनि पाकिस्तानको डेमर-भाषा जलाशययुक्त परियोजनाको लागि चिनियाँ मद्दतलाई गत नोबेम्बरमा पाकिस्तानीको वाटर अथोरिटीका प्रमुखले अस्वीकार गरेका थिए। उनले यो परियोजनामा चीनको लगानी पाकिस्तानको हित विपरित रहेको भन्दै खारेज गरेका थिए । पाकिस्तानले डेमर-भाषा ड्यामको लागि १४ अरब डलरको लागत अनुमान गरेको थियो । 

चिनियाँ राष्ट्रपति शि चिनफिङको महत्वाकांक्षी 'बेल्ड ऐंड रोड' इनिशिएटिवका लागि पाकिस्ताको यो निर्णयले तान्जानिया तथा हंगरीसम्म झड्काको महसुस गरिएको छ । सो समाचारमा अरु भन्दा पनि नेपालले समेत सो परियोजनाबाट हात झिकेपछि चीन झनै तनावमा परेको उल्लेख गरिएको छ । समाचारमा नेपालले केही महिना अघि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गरेको विषयलाई लिएर नेपालले समेत यो परियोजनामा असहयोज गरेको उल्लेख गरेको छ । 

शि चिनफिङले २०१३ मा 'बेल्ड एण्ड रोड' को घोषणा गरेका थिए । त्यतिबेला राष्ट्रपति सिले एशिया, अफ्रिका तथा यूरोपका ६५ देशमा चीनद्वारा निर्मित वा वित्तपोषित प्रोजेक्टलार्इ पुर्याउन सकिने बतार्इएको थियो । समाचारका अनुसार बेल्ट एण्ड रोड परियोजना भित्र पर्ने नेपालको बुढी गण्डकी जनविद्युत आयोजनाको लागि नेपालले पनि नोबेम्बरमा चिनियाँ कम्पनीसँगको सम्झौता तोडेको विषयलार्इ लिएर परियोजनालार्इ नै संकटमा परेको बतार्इएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ