arrow

काठेपुलको उद्घाटनलाई लिएर मष्टा गाँउपालिकामा भयो बबाल

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ पुष २९ शनिबार
bajhang_district_map.png

बझाङ ।  जिल्लाको मष्टा गाँउपालिकामा एक यूवाहरुको समुह र गाँउपालिका अध्यक्षवीच विवाद बल्झेपछि गाँउपालिकाको कार्यालयमा तोडफोड भएको छ  ।  गाँउपालिका १ जिन्नाडाका यूवाहरुले सेती नदीमा बनाएको काठेपूलको उद्घाटनको बिषयलाई लिएर भएको बिवादले उग्ररुप लिएपछि गाँउपालिकाको कार्यालय तोडफोड भएको हो ।
 
जिन्नाडाका स्थानियबासीहरुले निर्माण गरेको सेती नदीमा गाडी जाने पुलको औपचारिक उद्घाट्न पूल नजिकै बृहत कार्यक्रम गरि बनाउनु पर्ने स्थानियको माग भएता पनि गाँउपालिका अध्यक्षले समान्य रुपमा उद्घाटन गरि कोण सभा बनाई बृहत कार्यक्रम मष्टा गाँउपालिकामा बनाउने भन्ने बिषय लाई लिएर विवाद भएको थियो ।

‘सामान्य रुपमा पूलमा गाडी गुडाएर उद्घाटन गरियो र बाँकी बृहत कार्यक्रम मष्टामा गर्ने गाँउपालिका अध्यक्षले भने पछि सबै स्थानिय बासी गाँउपालिको कार्यालय जादा कुनै कार्यक्रमको ब्याबस्थापन नभएकाले यूवाहरु आक्रोशित भएको स्थानियबासी कलक थापाले भन्नु भयो गाँउपालिकामा कुनै ब्याबस्थापन नभएकाले हामी बृहत कार्यक्रम पूल नजिकै गर्नु पर्थो नि भन्दा सामान्य विवाद हुदा समान्य गाँउपालिकाको कुर्ची भाचिएको भएको बताए ।

मष्टा गाँउपालिकाले बजेट बिनियोजन गर्दा राजनितीक पूर्वाग्रह गरिएको , योजना नेता र कार्यकर्तामुखी बनाएको र गाँउपालिकामा चरम भष्टचार भएको समेत स्थानिय यूवाहरुले बताउदै आएका छन् । उनिहरुले फरक राजनिती आस्था राख्ने भएका कारण बजेट बिनयोजना गर्दा सिंगो दुई तिन सय घरधुरीहरुलाई योजना बाट बन्चित गराएको र जिन्नाडाका स्थानिय बासीहरुको कुरा नसुनेको र हेपाहा प्रबृती गरेको समेत स्थानिय यूवाको आरोप छ । यसरी गाँउपालिकामा भएको विवादले उग्ररुप लिए पछि स्थानिय यूवाहरुले गाँउपालिकाका कुर्चीहरु ,झ्याल ढोका तथा साइनबोर्ड तोडफोड गरेका छन् ।

गाँउपालिका अध्यक्ष कर्ण कठायतले यूवाहरुको एक जमातले बैठक कक्षमा प्रबेस गरि बिनाकारण गाँउपालिकाको कार्यालय तोडफोड गरेको बताए । उनले शनिवार काठेपूलको उद्घाटन गरियो र उद्घाटन सकेर गाँउपालिकामा आएका थियौ र यूवाहरुले अनाबस्यक बखेडा झिकेर विवाद भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ