arrow

कम्युनिष्ट अर्थात कागजी कल्पवृक्ष

logo
शोभाकर पराजुली,
प्रकाशित २०७४ पुष २९ शनिबार
shobhakar-parajuli.jpg

कम्युनिष्टहरूको कुरा सुनेर लाग्दछ–उनीहरू कि त आफू नै पटमुर्ख छन् कि जनतालाई मुर्ख नै हुन्छन् भन्ने मानेका हुन्छन् । 

संविधान सभामा विगतमा कसैले एकात्मक राज्य हुनु पर्दछ भनेका छन् । कसैको अञ्चलको आधारमा प्रान्त हुनु पर्दछ भनेत कतिले भौगोलिक आधारमा र कतिले जातिय आधारमा प्रान्त हुनु पर्दछ भने । 

कम्युनिष्टहरूको यो नौटंकी देशमा एउटा मात्र कम्युनिष्ट व्यवस्था हुनु पर्दछ भन्ने ती कम्युनिष्टहरको व्यवस्था आएको भए हुन्थ्यो ? अब त पूँजीपतिको हित गर्ने पनि कम्युनिष्ट, किसानको हित गर्ने पनि कम्युनिष्ट, मजदुरको हित गर्ने त उनीहरूको ठेक्का नै हो भन्ने गर्दछन् । महिलाको हित गर्ने पनि कम्युनिष्ट, कर्मचारीको हित गर्ने पनि कम्युनिष्ट, अझ तल्ला तहका कर्मचारीहरूको हित गर्ने त कम्युनिष्ट नै हुने अरे । 

सुन्दा लाग्दछ–कम्युनिष्ट विचार भनेको कल्पवृक्ष नै हो । तर व्यवहारमा तल्ला कर्मचारीहरूको सुविधा कम्युनिष्ट व्यवस्था भएका देशमा केही छैन । उनीहरूलाई हात मुख जोड्न पनि धौ धौ छ । तल्ला तहका कर्मचारी र मजदुरको त कम्युनिष्ट व्यवस्था दुस्मन नै भएको छ । 

कम्युनिष्ट देश क्युवामा तल्ला कर्मचारीहरूको आम्दानी र खर्चको तुलना गर्दा सन् २००८ मा नेपाली रु १६५० जति मात्र थियो।

कम्युनिष्ट देशमा बनेका सामान सस्तो पाइने रहस्य के हो भने त्यहाँ मजदुरहरूको श्रमको उचित मूल्य नदिएर ठूलो शोषण भएको हुन्छ । त्यहाँ मजदुरहरूको तलव मुस्किलले खान मात्र पुग्ने हुन्छ । काम छोडौं विकल्प छैन । आन्दोलन गर्ने अधिकार छैन । त्यहाँका मजदुरको अवस्था त्यस्तो छ । 

चीनका धेरै उद्योगहरूमा केवल पुरुषलाई मात्र काम छ भनी लेखिन्छ भने र तीन वर्षको छोरालाई एक दुई वर्ष काम गरेर पैसा कमाउँला अनि घर जाउँला भनी चीनको गाउँबाट शहर निस्केका पति पत्नीहरू हजुरआमालाई छोरा जिम्मा लगाएको १८ वर्षसम्म पैसा कमाउन नसकेकोले घर नफर्केको कहानी, तथा महिलालाई यौनजन्य हिंसा गर्नु, करीब एकतिहाई महिला घरेलु हिंसाको शिकार बन्नु त्यहाँको वास्तविकता हो (चाइना डेली, मार्च २००७) । 

तैपनि हामीहरू यो गरीबविरोधी व्यवस्थाबाट सतर्क हुन सकिरहेका छैनौं । यस्ता उदाहरणहरू हजारौं छन् । यी कुराहरूले व्यवहारमा बेइमानी तथा कागजमा भने भाषणमा मीठा कुरा गरेर सबै कुरा उपलव्ध गराउने कल्पवृक्ष झैं कम्युनिष्टहरू भएङ्का हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ