arrow

ग्लोबल आइएमई बैंक बुर्तिवाङ्ग शाखाको उद्घाटन 

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
global-ime-bank-sakha-baglung.jpg

काठमाडौं । बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखाको औपचारिक उद्घाटन भएको छ।

शाखाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन  गरेका हुन् ।

त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले उद्घाटन गरे ।

उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिँदै बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दे जाने बताए ।

अध्यक्ष ढकालले बैंकले प्रदान गरिरहेका साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ बाग्लुङ्गका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका स्थानिय प्रतिनिधि, स्थानिय समाजसेवि लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ