arrow

चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिको उपायबारे छलफल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1940804947.jpeg
काठमाडौँ। सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो।
 
“नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी पूर्वउपप्रधानमन्त्री श्रेष्ठको अगुवाइमा औषधि, इन्धनलगायत अति आवश्यक वस्तुको ढुवानी र पारस्परिक विषयमा कुराकानी भएको हो, ”–उच्चस्तरीय छलफलबारे जानकारी दिँदै श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले राससलाई बताउनुभयो ।
 
शुक्रबार नै चिनियाँ राजदूतसँगको छलफलपछि मन्त्री पुन र नेता श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको उहाँले बताउनुभयो । चिनियाँ राजदूतसँग भएको छलफल र त्यसको निष्कर्षका सम्बन्धमा आफू अनभिज्ञ रहेको उहाँले बताउनुभयो।
 
चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो। नाका खुलेकै दिन फेरि पहिराले बन्द भएको केरुङ मार्गलाई शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ