arrow

अस्थायी मुकाम धनगढी तोकिएपछि डोटीमा काँग्रेस कार्यकर्ताले धमा-धम पार्टीको सदस्यता त्याग्दै

फेरि दन्कियो आन्दोलनको आगो

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ ३ बुधबार
doti.jpg

डोटी  । सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेपछि डोटीमा नेपाली कांग्रेससँग आवद्ध जिल्लाका नेता, कार्यकर्ताहरुले धमाधम पार्टीको सदस्यता त्याग गर्न सुरु गरेका छन् ।

वुधबार साँझ विज्ञप्ति प्रकाशित गरेर नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सचिव, पूर्व जिल्ला कार्यसमितिका उपसभापति, क्षेत्रीय सभापति, जिल्ला कार्यसमितिका सदस्य लगायत कयौँ नेता कार्य कर्ताहरुले पार्टीको सदस्यता त्यागेको घोषणा गरेका छन् ।

काँग्रेसको केन्द्रीय सभापति नै प्रधानमन्त्री भएको सरकारले दिपायलको विपक्षमा निर्णय गरेपछि आफूहरुको पार्टीमा बस्नुको कुनै औचित्य उनिहरुले बताए ।

पार्टी सचिव नारायण जोशीले भने, ‘हामी डोटेली वासीहरुले नयाँ राजधानीको माग गरेका होईनौ लामो ईतिहास बोकेको क्षेत्रीय सदरमुकाम लगायत थुपै्र आधारहरु हुँदा हुँदै डोटीलाई न्यायोचित व्ययहार हुनुपर्छ भनेका थियौँ ।’ सरकारले डोटेलीमाथि ‘अन्यायपूर्ण निर्णय गरेपछि सामुहिक राजिनामा दिन बाध्य भएको उनले बताए ।

अनिश्चितकालीन आम हड्ताल
सरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढी तोकेसँगै आन्दोलन संयोजन समितिले डोटीमा अनिश्चीत कालिन आम हड्ताल घोषणा गरेको छ ।

प्रदेश राजधानीको माग गर्दै आन्दोलन जारी राखेको दिपायमा सरकारले गरेको निर्णयसँगै नागरिकहरु आक्रात्मक तरिकाले सडकमा उत्रिएका छन् । स्थानीयले सरकारविरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् । सरकारको निर्णय बाहिर आएसँगै दिपाय बजारमा आन्दोलनकारीहरु आक्रामक भएका छन् । सरकारले अस्थाई मुकाम तोक्ने निर्णय परिवर्तन नभएसम्म आम हड्तालका साथै सशक्त थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने संयोजन समिति तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनले भने, ‘हामीले पटक पटक शान्तिपूर्ण रुपमा सरकारलाई दवाव दिने काम गर्‍यौ तर सरकारले हाम्रो आवाज सुनेन हाम्रो विरुद्ध निर्णय गर्यो ।’ खड्काले  ‘सरकारको यो निर्णय परिवर्तन नभएसम्म अब आन्दोलन रोकिदैन’, भने ।

सरकारले गरेको निर्णयसँगै अब आन्दोलन आक्रामक बन्दै गएको र यसलाई रोक्न सक्ने ताकत कसैसँग नभएकोे समितिका सदस्य एवं होटल व्यवसाय संघ डोटीका अध्यक्ष दीपक खड्काले बताए ।

उनले भने,  ‘हामीले यो भन्दा पहिले शान्तिपुर्ण तरिकाले सरकारको ध्यान आकर्षण गर्ने तरिकाले आन्दोलन गरेका थियौ तर सरकारले सुनेन अब कि वार कि पारको लडाई हो ।’ अस्थित्वको लडाई भएकाले जिउ ज्यान दिएर भएपनि आफुहरु अस्तित्व गुम्न नदिने उनले बताए । ‘अब आन्दोलन रोकौं भन्न सक्ने हिम्मतनै कसैसँग छैन, आन्दोलन आक्रामक हुन्छ ’– उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ