arrow

ओली फर्किएपछि दिए विवादास्पद अभिव्यक्ति

जाँदा केसीको बारेमा पनि दिएका थिए विवादास्पद अभिव्यक्ति

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
oli_(2).JPG

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचारपछि स्वदेश फर्कने वित्तिकै विवादास्पद अभिव्यक्ति दिएका छन्। उपचारका लागि थाइल्याण्ड जानुअघी डा गोविन्द केसीको बारेमा विवादास्पद कुरा गरेर गएका ओलीले फर्किए लगत्तै पनि विवादास्पद कुरा वोलेरै गृह प्रवेश गरेका छन्। 

सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् ।  

आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई बिहिवार थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ कहाँ अस्थायी राजधानी तोक्ने, कहाँ कहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताए ।

उनले प्रदेश प्रमुखहरुका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट गरे ।

निर्वाचनबाट ताजा जनादेश आइसकेको अवस्थामा नयाँ सरकार गठनमा भएको ढिलाइ लोकतन्त्र र संविधान अनुकूल नभएको उनले दोहोर्‍याए । उनले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउँदै यस सम्बन्धमा कुनै भ्रम र अन्योल नरहेको दाबी गरे ।

उनले परीक्षणको प्रतिवेदनबाट आफ्नो स्वास्थ्य ठीक रहेको पाइएको र बैंककमा रहँदा कुनै अन्य भेटघाट नभएको जानकारी दिए । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते बैंकक गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ