arrow

नवीन्द्रराज जोशीका पिताको निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
nabindra-raj-Joshi-congress.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीका पिता गजेन्द्रराजको ८३ वर्षका उमेरमा शुक्रवार काठमाडौँमा निधन भएको छ ।

उनको निधनप्रति काँग्रेसले दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । स्व जोशी दमसम्बन्धी रोगबाट पीडित थिए ।

उनको शुक्रवारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत नेताले आज पशुपति आर्यघाटमा उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ