arrow

काँग्रेस संसदीय दलमा शेर बहादुरसँग भिड्ने प्रकाशमानले दिए स्पष्ट संकेत

धम्क्याउने काम बन्द गर्न देउवालाई सिंहको चेतावनी

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
prakashman-singh.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टी सभापति शेर बहादुर देउवा बिरुद्ध केन्द्रीय समितिको वैठकमै कडा रुपमा प्रस्तुत भएका छन्। पछिल्लो समय पार्टी सभापति देउवाको कडा आलोचक भएर आएका सिंहले केन्द्रीय समितिको वैठकमा पनि देउवा विरुद्ध कडा रुपमा प्रस्तुत भए। 

बिहिवारको वैठकमा आफ्ना असन्तुष्टी समेर राखेर वोल्ने कतिपय केन्द्रीय समितिका कतिपय साथीहरुलाई धम्क्याउने काम भएको भन्दै नेता सिंहले त्यसको विरोध गरे। पार्टीले पराजय व्यहोरेपछि पार्टी नेतृत्व विरुद्ध समेत बोलेका सिंहलाई अनुसासनको कार्वाही गर्ने तयारी लगायतका विषयमा देउवाले तयारी गरेको भन्ने कुरा पनि सार्वजनिक भइरहँदा सिंहले जीवनमा कसैलाई नधम्क्याउन चेतावनी दिए। सिंह वोल्दै गर्दा सभापति देउवाले कसले धम्क्याएको भन्दै बीचैमा रोके।

जवाफमा सिंहले कसले धम्क्याएको सबैलाई थाहै भएको भन्दै आफ्ना कुरा राखे। सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र उनका निकटहरुले केन्द्रिय समितिका साथीहरुलाई विभिन्न किसिमले तर्साउने काम गरेको उनले अनौपचारीक रुपमा पनि केन्द्रीय समितिका सदस्यहरुसँग शेयर गरेका थिए। 

राणा र पञ्चायत विरुद्ध लडेर आएका हामीहरु कसैले धम्क्याउँदैमा पार्टी हितका पक्षमा बोल्न नछोड्ने सिंहले प्रष्ट राखे। सिंह देउवासँग रुष्ट देखिन्थे। उनले साथीहरुलाई धम्क्याउने काम बन्द गर्न सभापति र उनका निकटहरुलाई चेतावनी पनि दिए। कांग्रेसभित्र गुटगत रुपमा पौडेल समुहसँग नजिक रहेका सिंह चुनाव पछि पार्टीको आन्तरिक जीवनमा आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। 

सिंहले महासमितिको वैठक तत्काल बोलाउन माग गरे। बरिष्ठ नेता रामचन्द्र पौडेल पनि वैठकमा त्यति कडा रुपमा प्रस्तुत भएका थिएनन जति सिंह भएका थिए। महामन्त्री डा शशांक कोइराला मौन प्राय नै रहे। उनको मध्यमार्गी धार वैठकमा थियो। 

सभापति विरुद्ध कडा रुपमा सिंह उत्रिएको देखेपछि नजिकै रहेका पार्टीका अर्का नेता पूर्ण बहादुर खड्काले छेउका साथीहरुसँग भने, 'अबको संसदीय दलको चुनावमा शेर बहादुरजीसँग अरु चुनाव लड्ने नलड्ने थाहा छैन तर प्रकाशजी लड्ने प्रष्ट देखियो। '

प्रकाशमान सिंह संसदीय दलको चुनावमा सभापति देउवासँग हारजतिको मतलव नराखी प्रत्यासी बन्न चाहिरहेका छन्। यसका लागि सिंहले तयारी समेत शुरु गरेका छन्। विभिन्न चरणमा भएका भेला र वैठक संसदीय दलको नेता बन्ने गृहकार्य अन्तर्गत भएको उनी निकटहरु बताउँछन्। सिंह देउवाको लागि कत्तिको कडा प्रतिष्पर्धी हुनेछन त्यो भने अबको कांग्रेसको आन्तरिक राजनीतिले संकेत गर्नेनै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ