arrow

प्रदेश प्रमुखलाई दिए आन्दोलनकारीले बधाइ

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
drgobindha_new.jpg

काठमाडौं । प्रदेश नम्वर १ का प्रदेश प्रमुख डा.गोविन्द्र सुब्बालाई शनिवार काठमाडौंमा  प्रादेशिक राजधानी  धनकुटा निर्माण समिति काठमाडौंले र काठमाडौंमा रहेका धनकुटेलीहरुले बधाई दिएका छन् । उनिहरुले  १ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउन आन्दोलनको वारेमा जानकारी गराउदै धनकुटामा पनि प्रदेश सभाको बैठक राख्न  अनुरोध गरेका छन् ।

 प्रदेश प्रमुख डा.गोविन्द्र सुब्बा र भौतिक पूर्वाधार तथा यातायत राज्यमन्त्रि सिता गुरुङ्गलाई प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,सम्पर्क समितिका सभापति भिम थापा,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल वराईली,अभियान्तहरु डम्वर बस्नेत ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले प्रदेशको राजधानी माग गर्दै धनकुटामा भैरहेको आन्दोलनको वारेमा जानकारी गराएका थिए ।

 सो अवसरमा  डा.गोविन्द सुब्बालाई १ नम्वर प्रदेश प्रमुखमा नियूक्ति हुनु भएकोमा अभियान समिति र धनकुटेलीहरुको तर्फबाट बधाईका साथ सफल कार्यकालको हार्दिक शुभकामाना दिदै धनकुटा लगायत प्रदेशको राजधानीका लागी प्रमुख दाबेदार रहेका स्थानहरुमा प्रदेश सभाको बैठक कम्तिमा एक पटक राख्ने व्यवस्था गरिरदनु समेत अनुरोध  गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ