arrow

राष्ट्रियसभा निर्वाचनबारे दलीय छलफलमा कांग्रेस

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
Baluwatar_PM_Residence.jpg.jpeg

काठमाडौँ । आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दलीय छलफल शुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलसँग काँग्रेसले छलफल गरेको हो ।

चुनावी तालमेलबारे प्रारम्भिक छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

“राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्नेबारे काँग्रेससँग प्रारम्भिक छलफल मात्र शुरु भएको छ, आ–आफ्नो पार्टीमा आन्तरिक गृहकार्य गरेर पुनः बैठक बस्ने समझदारी बनेको छ”, उनले भने।

यसअघि शुक्रबार सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकमा पनि राष्ट्रियसभामा बढी सिट हासिल गर्न वामबाहेकका दलसँग चुनावी सहकार्य गर्नेबारे अधिकांश नेताले कुरा उठाएका थिए । सोहीअनुरुप काँग्रेसले शनिवारबाट दलीय परामर्श शुरु गरेको जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी थिएनन् । सबै दलका दोस्रो दर्जाका नेताबीच छलफल भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ