arrow

इन्डियन प्रिमियर लिग क्रिकेटमा नेपालका सन्दीप लामिछाने 

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
sandip-lamichhane-Aust-fnl.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीन बलर सन्दीप लामिछाने नेपालबाट इन्डियन प्रिमियर लिग आइपिएलको अक्सन ड्राफ्टमा समावेश हुने पहिलो खेलाडी बनेका छन् । 

आइपिएलको ११औँ संस्करणका लागि खेलाडी छनोट गर्नका लागि तयार भएको अक्सनमा सन्दीपको नाम पनि रहेको हो । 

यसअघि कुनै पनि नेपालीको नाम अक्सनमा समावेश भएको थिएन । समावेश हुँदैमा छनोट हुन्छन् भन्ने नभए पनि कम्तीमा उनको नाम अक्सन लिष्टमा परेको हो । 

यसअघि नेपाली स्पीनर शक्ति गोचनले आइपिएलको क्लवबाट अभ्यास गर्ने मौका पाएका थिए । 

आइपिएलको अफिसियल साइट आइपिएलटीट्वान्टीडटकममा सन्दीपको नाम अक्सन खेलाडीहरुको लिष्टमा रहेको हो । 

सन्दीपको बेसिक रकम २० लाख भारतीय रुपैयाँ तोकिएको छ। अक्सन यही जनवरी २७ र २८ मा बैंगलोरमा हुँदैछ

अष्ट्रेलियन क्रिकेटका पूर्व कप्तान माइकल क्लार्कले सन्दीपलाई लिएर खेल्ने अवसर दिएपछि उनी एकाएक विश्वको नजरमा परेका छन् । 

यु–१९ टिमका समेत कप्तान रहिसकेका सन्दीपको भाग्यको ढोका खुल्ला कि नखुल्ला त्यो त अबका १० दिनले बताउला । 

तर उनको नाम अक्सनबाट छनोट नभए पनि सुरुवात भने भएको छ । हाम्राकुराको तर्फबाट उनलाई शुभकामना। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ