arrow

बालकोटमा बस्यो एमाले–माओवादी एकता संयोजन समिति बैठक

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
balkot_naya.jpg

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा बसेको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बैठक बसेको माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा एकता संयोजन समिति र कार्यदलका नेताहरु सहभागि छन् । बैठकमा संयुक्त कार्यदलले बनाएको रिपोर्ट पेश गर्ने सूचि छ ।  

यसअघि शनिबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै वार्ता भएको थियो ।

ओली–दाहाल भेटमा कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तथा पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ