arrow

प्रदेश ७ मा २ सांसद अनुपस्थित, ५१ जना सांसदले लिए सपथ

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ माघ ७ आइतबार
pradesh-7_(2).jpg

कैलाली ।  प्रदेश नम्बर ७ का सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएका छन । आईतबार दिउँसो ३ बजे जिल्ला समन्वय समितिको सभाहलमा ५३ जना सांसद मध्ये ५१ जना सांसदले पद तथा गोपनीयतको सपथ लिएका हुन । कैलालली बाट एमालेकी समानुपातीक सांसद चुनकुमारी चौधरी र डोटी क्षेत्रनम्बर १ का प्रत्यक्ष तर्फ कांग्रेसका भरत खड्का भने सपथ ग्रहण समारोहमा उपस्थित  भएनन् ।

आइतवार सहभागि ५१ ज्ना सांसदहरूलाई प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा जेष्ठ सदस्य नेपाली कांग्रेसकी समानुपातिक सांसद दिव्यश्वरी शाहले सपथ गराइन् । देश र ईश्वरको नाममा सपथ लिँदै सांसदहरूले देश विकासमा जुट्ने प्रतिबद्धता ब्यक्त गरेका छन । यस अघि प्रदेश प्रमुख मल्लेले  जेष्ठ सांसद दिव्यश्वरी शाहलाई सपथ गराएका थिए ।

प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिक तर्फ २१ जना गरेर कुल ५३ प्रदेशसभा सदस्य छन् । जसमा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२, र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ