arrow

डिजाईन र लागत स्वीकृत गराएर मात्र पुनर्निर्माण अघि बढाउन निर्देशन

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
reconstruction-authority.jpeg.jpeg

काठमाडाैँ‌ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् पश्चायतको पुर्नलाभ कार्यढाँचा (पीडीअारएफ) भित्र रहेका आयोजना मध्ये वास्तविक पुनर्निर्माण गर्नुपर्ने आयोजनाको मात्र ड्रइङ डिजाइन र लागत स्वीकृत गराएर पुनर्निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त(पीडीअारएफ)भित्र रहेका सम्बन्धित आयोजनाहरुको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनावारे छलफल गर्न सोमवार बोलाइएको कार्यशाला गोष्ठीमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीले पुनर्निर्माण गर्ने संरचनाको डिजाईन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तिय अनुशासनको पुर्ण पालना गर्न निर्देशन दिए ।

बैठकमा सहभागी विभिन्न सरकारी निकायका प्रतिनिधीहरुलाई सम्बोधन गर्दै सचिव अधिकारीले भन्नुभयो,  'सिमित स्रोत साधन भएकाले आयोजनाको प्राथमिकीकरण गरेर पुनर्निर्माणको काम अघि बढाउनुहोस र नीति बाहिर गएर कार्यक्रम पेश नगर्न पनि सवैलाई प्राधिकरणको आग्रह छ ।'

उनले भूकम्प पीडितहरुको समस्यासँग बढी सम्बन्ध राख्ने आयोजनालाई उच्च प्राथमिकता,  उच्चस्तरको समन्वय र भूकम्पबाट क्षतिग्रस्त आयोजनाको मात्र पुनर्निर्माण गर्ने गरी कार्यक्रम पेश गर्नुका साथै आगामी आर्थिक बर्षको तयारी अहिलेदेखि नै शुरु निर्देशन दिए ।

भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको मात्र नभई राष्ट्रकै सर्वोच्च प्राथमिकतामा रहेको बिषयमा ध्यान पु¥याउन समेत सचिव अधिकारीले सम्बन्धित सवैलाई आग्रह गरे ।

कार्यशाला गोष्ठीमा गृह, रक्षा, कृषि,सूचना तथा संचार, खानेपानी तथा सरसफाई, पशुपंक्षी विकास, बन, सिचाई, भौतिक, स्थानिय बिकास, शिक्षा, शहरी बिकास मन्त्रालयका साथै तीन वटै सुरक्षा निकायका प्रतिनिधि सहभागि भए ।

गोष्ठीमा सहभागी प्रतिनिधिहरुले गएकाे आर्थिक वर्ष र याे आर्थिक वर्षसम्म सम्पन्न भएका आफ्नो मातहतका आयोजनाहरुको प्रगति विवरण र आगामी योजनावारे सुनाए । विनियोजित बजेट पर्याप्त नहुँदा कतिपय आयोजनाको पुनर्निर्माणमा ढिलाई भएको भन्दै सहजीकरण गरिदिन समेत उनीहरुले प्राधिकरणको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ