arrow

खोटाङमा भेला भएका ३५ काँग्रेस सभापतिले भने तत्काल महासमिति वैठक बोलाइयोस

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
congress-flag.jpg

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन नेतृत्वसँग माग गरेका छन्। 

खोटाङको हलेसीमा सम्पन्न उपलब्ध काँग्रेस जिल्ला सभापतिहरुको भेलाले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला र महासमिति बैठक तत्काल बोलाउन माग गरेको हो । 

काँग्रेस बर्दियाका सभापति संजय गौतमले बैठकले तत्काल जिल्ला सभापतिहरुको राष्टिय भेला बोलाउन र महासमिति समेत डाक्न नेतृत्वसँग माग गरेको बताए । 

उनले स्थानीय तहको निर्वाचन देखि नै जिल्ला सभापतिहरुको भूमिका माथी प्रश्न उठेको भन्दै निर्वाचनको परिणामका विषयमा समेत जिल्ला सभापतिहरुले समेत समिक्षा गर्न पाउनु पर्ने बताएका हुन्। 

यस्तै नुवाकोट काँग्रेस सभापति जगदिश्वरनरसिंह केसीले बैठकले मुख्यत तीनवटा निर्णय गरेको बताए । उनका अनुसार बैठकले सभापतिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वसमक्ष माग गर्ने, महासमितिको बैठक बोलाउन माग गर्ने र विधानअनुसार पार्टी चल्नु पर्ने निर्णय भएको छ । 

भेलाले पार्टीको विधान परिमार्जनका लागि काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको छ । समितिका सदस्यमा कालीकोटका जिल्ला सभापति हर्कबहादुर बम, पाँचथरका नरेन्द्र केरुङ, सिन्धुलीका उज्ज्वल बराल र धादिङका रमेश धमला रहेका छन्। 

भेलाले जिल्ला सभापतिहरुको अर्को राष्ट्रिय भेला नुवाकोटमा गर्ने निर्णय गरेको खोटाङका जिल्ला सभापति नरेश कुमार श्रेष्ठले जानकारी दिए। 

भेलाले ‘काँग्रेस जिल्ला सभापतिहरुको प्रतिबद्धताः हलेसी धार्मिक पर्यटन विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासमेत तय गरेको छ । 

धार्मिक तथा पर्यटकीयस्थल हलेसीको विकास तथा प्रवर्द्धन गर्न सकेमा देशकै आर्थिक समृद्धिमा सघाउ पुग्ने ठहरसहित नारा तय गरिएको काँग्रेस खोटाङले जनाएको छ ।

भेलामा सिंचाइमन्त्री समेत रहेका गौतम,  सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, नुवाकोटका सभापति केसी, भक्तपुरका सभापति दुर्लभ थापा, सिन्धुपाल्चोकका सभापति विकास लामा सहित ३५ जिल्लाका पार्टी सभापति सहभागी रहेको केसीले जानकारी दिए । 

यसअघि केही सभापतिहरुले सिन्धुपाल्चोकको मेलम्चीमा गोप्य भेला राखेका थिए । त्यही भेलाबाट हलेसीको बैठक तय भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ