arrow

राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षित गर्न काँग्रेसले खटायो सातै प्रदेशमा प्रतिनिधी

उमेद्वार छान्न छलफलमै काँग्रेस

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
nc-party-office.png

काठमाडौं। नेपाली काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा मतदाता रहेका आफ्ना सदस्यहरुलाई प्रशिक्षित गर्न सातै प्रदेशमा प्रतिनिधी पठाउने भएको छ। राष्ट्रिय सभाको चुनाव एकल संक्रमणिय र बहुमतीय दुबै प्रक्रियाबाट हुने भएपछि त्यसमा अलमल नहोस र मत खेर नजाओस भन्ने उद्धेश्य राखि पार्टीले सबै मतदातलाई प्रशिक्षित गर्न प्रतिनिधी पठाउन लागेको हो। 

राष्ट्रिय सभाको चुनावमा प्रदेश सभा सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर र उपमेयर र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्। चुनावमा आफ्ना मतदाताहरु झुक्किदा वा तलमाथि हुँदा उनीहरुको मतभारका कारण जित्ने उमेद्वार हार्ने अवस्था नहोस भनेर पार्टीले प्रशिक्षित गर्न केन्द्रीय प्रतिनिधी पठाउन लागेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। 

काँग्रेसले राष्ट्रिय सभामा एकल संक्रमणिय चुनावमा केहि सीटमा जित्ने सम्भावना छ। प्रदेश नम्वर २मा मधेशवादी दलहरुसँग सहकार्य भएमा केहि थप सीट जीत्न सक्छ। यस्तो अवस्थामा थोरै जीत्ने सीटमा पनि तलमाथि नहोस भनेर सजगता अपनाउन पार्टी सक्रिय भएको बताइएको छ। 

पार्टी सभापति शेर बहादुर देउवाले सात जना पार्टीका नेताहरुलाई जिम्मा दिएर कार्यक्षेत्रमा पठाउन लागेका छन्। जिम्मेवारी पाएकामा प्रदेश ७ मा एनपी साउद, ६ मा जीवन वहादुर शाही, ५ मा अतहर मुसलमान, ४ मा जीवन परियार, ३ मा डीना उपाध्याय, २ मा नागिना यादव र १ डा डीला संग्रौला रहेका छन्। 

मतदातालाई प्रशिक्षित गर्न जानेहरु मंगलवार निर्वाचन आयोगमा गएर आफूहरु पनि निर्वाचन प्रक्रियाबारे जानकारी लिनेछन्। त्यसपछि उनीहरु आफ्नो कार्यक्षेत्रतिर जाने छन्। 

उमेद्वार छान्न छलफलमै काँग्रेस
नेपाली कााग्रेस राष्ट्रिय सभाको उमेद्वार छान्न अझै गृहकार्यमै छ। पार्टी सभापति देउवाले सम्वन्धित प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरि उमेद्वार टुङ्ग्याउन लागिपरेका छन्। आफ्नै प्रदेश सातको देउवाले सोमबार नै टुङ्ग्याएका छन्। 

अन्य प्रदेशको पनि टुङग्याउने कसरतमा छन्। उमेद्वार तय गर्न बस्ने भनिएको कार्यसम्पादनको समितिको वैठक बस्न नसकेपछि देउवाले सम्वन्धित क्षेत्रका केन्द्रीय सदस्यहरुसँगको छलफलका आधारमा टुङगो लगाउन लागेकाछन्। मधेशी दलको छलफलका आधारमा प्रदेश २मा तथा विवेकशील साझा पार्टीसँग समेत छलफल गरि आफ्ना उमेद्वारको लागि मत माग्ने काँग्रेसको गृहकार्य छ। विवेकशीलले पनि सबैले मत हाल्ने खालकव उमेद्वार बनाइ आफ्नै उमेद्वार बनाउने गृहकार्य गरेको छ। 

काँग्रेस छलफलमै रहँदा मंगलवार साँझसम्म नाम टुङग्याउने गृहकार्य देखिन्छ। प्रदेश ४ मा काँग्रेसले केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे र कमला पन्तलाई उमेद्वार बनाउने सम्भावना बढी रहेको बताइएको छ। 

प्रदेश १ मा केवी गुरुङ सहित उमेदवार बनाउने अर्का एक जनाको नाममा सहमति जुटाउने प्रयास जारी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ