arrow

रियाल मड्रिडको खेल खस्किँदो, लेगानेससंगै हारेपछि कोपा डेल रेबाट बाहिरियो

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
real-madrid6.jpg

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडको खेल दिनानुदिन खस्किँदो छ । रियाल लो बजेटको क्लव लेगानेससंगै पराजित हुँदा कोपा डेल रेबाट समेत बाहिरिन पुगेको छ । 

रियाल लेगानेससँग अवे गोलमा पराजित भएपछि कोपा डेल रे बाट बाहिरिएको हो । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले रियाल मड्रिडलाई २–१ ले पराजित गर्यो ।

रियाललाई करिम बेन्जेमाले गोल दिलाए । लेगानेसलाई इरासो र गाब्रियालले गोल गरे । 

यसअघि लेगानेसको मैदानमा भएको पहिलो लेगमा रियाल १–० ले विजयी भएको थियो । 

एग्रिगेशनमा २–२ गोलको बराबरी भएपनि लगानेसले अवे गोलमा गरेको दुई गोलले जित हासिल गर्यो । 

लेगानेस सेमिफाइनलमा पुग्दा रियाल क्वाटरफाइनलबाटै बाहिरियो । 

यता, एलाभेसलाई टाईब्रेकरमा ३–२ ले हराउँदै भ्यालेन्सिया सेमिफाइनलमा पुगेको छ । 

पहिलो लेगमा २–१ को जित हात पारेको भ्यालेन्सिया दोस्रो लेगमा भने एलाभेससँग २–१ ले पराजित भएको थियो । 

३–३ को बराबरी भएपछि टाइब्रेकर हुँदा भ्यालेन्सिया ३–२ ले विजयी भयो । 

The Leganes players struggle to contain their excitement after Gabriel's winning strike

Midfielder Javier Eraso (right) had given Leganes a shock lead after 23 minutes on the clock

Real Madrid striker Karim Benzema smartly chipped over the Leganes keeper to equalise

Madrid captain Sergio Ramos tried to rally the troops but could not change their fortune

Benzema and Leganes' Unai Bustinza sprint down the flank to try and win the ball

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ