arrow

माओवादीले मारेका कास्कीका ८ जनालाई सहिद घोषणा

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
Kaski_District.png

पोखरा । सरकारले द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहबाट कास्कीमा मारिएका ८ जनालाई सहिद घोषणा गरेको छ । 

साथै २०१८ सालमा मारिएका हरिप्रसाद गुरुङलाई समेत गरी सरकारले कास्कीका ९ जनालाई सहिद घोषणा गरेको हो ।

 बिहिबार  साँझ बसेको मन्त्रिपरिषदको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रस्तावमा कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न ४ (साबिक सल्यान गाबिस) का कृष्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा न १० (साबिक घान्द्रुक गाबिस) का ईश्वर गुरुङ, माछापुछ्रे गाउँपालिका वडा १ (साबिक माछापुछ्रे गाबिस) का टेकबहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा न २६ (साबिक लेखनाथ ५) का चन्द्रबहादुर रानाभाट, मादी गाउँपालिका वडा १२ (साबिक हंसपुर गाबिस) का पशुपति रानाभाट, माछापुछ्रे गाउँपालिका वडा १ (साबिक माछापुछ्रे गाबिस) का पुर्णबहादुर भुजेल र पोखरा लेखनाथ महानगरपालिका वडा न ९ का गणेशमान पालिखेलाई सरकारले सहिद घोषणा गरेको हो । 

उनीहरु सशस्त्र द्वन्द्वकालमा तात्कालिन विद्रोही समुह माओवादीबाट मारिएका हुन् । 

हरिप्रसाद गुरुङलाई बि स २०१८ सालमा नै मारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ