arrow

योगी आदित्यनाथका सहयोगी काठमाडौंमा, धार्मिकसँगै राजनीतिक सन्देश

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
yogi-indian-nepal-visit.jpg

काठमाडौं। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विशेष सहयोगी एवम् देवी पाटन मन्दिर, बलरामपुर तुलसीपुरका महन्थ मिथिलेश नाथ महाराजसहितको तीन सदस्यीय टोली काठमाडौं आएको छ।

शनिबार अपरान्ह चार बजे काठमाडौं आइपुगेको यो धार्मिक टोलीले पशुपति नाथका मूल भट्ट प्रधान अर्चक रावल गणेश भट्टसँग भेटवार्ता गरेको नेपाली काँग्रेसका सांसद अभिषेक प्रताप शाहले जानकारी दिए । सो भेटमा नेपाली काँग्रेसका प्रदेश नं ३ का सांसद नरोत्तम बैद्यको समेत सहभागिता रहेको थियो । 

महन्थ मिथिलेश नाथ महाराज नेतृत्वको टोलीमा योगी विनोद नाथ र योगी दीनानाथ पनि सहभागी रहेका छन् । यद्यपि, उनीहरूको भ्रमण पशुपतिनाथ मन्दिको दर्शनका लागि मात्रै रहेको सांसद शाहले बताएका छन् ।

नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग चलिरहेका बेला उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका सहयोगहरूले धार्मिक भ्रमण गरेका हुन् । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टसँगको भेटवार्ताका क्रममा नेपालमा हिन्दूधर्मप्रतिको आस्था र नेपाल–भारतबीचको सांस्कृतिक एवम् धार्मिक सम्बन्धका बारेमा कुराकानी भएको सांसद शाहले बताए ।

भेटवार्तामा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १७ को चौघेरामा रहेको श्री गोरक्षरत्ननाथ मन्दिरबाट प्रत्येक वर्ष ‘देउता’लाई देवी पाटन मन्दिरमा लैजाने परम्पराका विषयमा समेत कुराकानी भएको सांसद शाहले बताए ।

काँग्रेस सांसद शाहकै निमन्त्रणामा धार्मिक भ्रमणका लागि यो टोली काठमाडौं आएको हो। पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेर केही धार्मिक अगुवा नेताहरूसँग पनि दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्धका बारेमा परामर्श गर्ने शाहले बताए ।

केहि दिन पहिले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग पूर्व राजा ज्ञानेन्द्रले भेटेर फर्किए लगत्तै आदित्यनाथका सहयोगीहरुको यो भ्रमणलाई राजनीतिक रुपबाट पनि हेरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ