arrow

विमल घर्ती भारतीय क्लब मोहन बगानमा अनुबन्ध 

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
bimal-gool-solidariti.jpeg

काठमाडौं । नेपालका भरपर्दा युवा फुटबल स्ट्राइकर विमल घर्तीमगर भारतीय चर्चित क्लब मोहन बगानबाट खेल्ने भएका छन् । 

क्लवले प्रेस विज्ञप्ति जारी गर्दै विमललाई अनुबन्ध गर्न पाउनु खुशीको कुरो भएको बताएको छ । 

अहिले आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताएको छ । 

विमल आइतबार नै कोलकात्ता जानेछन् । उनले सोमबारदेखि नै अभ्यास खेल सुरु गर्नेछन् । 

अब विमलले बाँकी सिजन मोहनबगानबाट खेल्नेछन् । आई लिग मार्चसम्म चल्नेछ ।

१४ वर्षको उमेरमा राष्ट्रिय टिममा रहेर खेलेर नेपालका तर्फबाट कीर्तिमान बनाएको विमलले १५ वर्षको उमेरमा पाकिस्तानविरुद्ध गोल गरेर कम उमेरमा गोल गर्ने नेपाली खेलाडीको अर्को कीर्तिमान जोडेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ